शुभकामना साकोसमा १३ सदस्यीय संचालक समिति निर्विरोध निर्वाचित

शुभकामना साकोसमा १३ सदस्यीय संचालक समिति निर्विरोध निर्वाचित :: Sahakari Akhabar

भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्थाको २०औ बार्षिक साधारण सभाले रामप्रसाद कासुलाको अध्यक्षतामा १३ संचालक समिति चयन गरेको छ । सिमित सदस्यहरुको सहभागीतामा सम्पन्न सभा सदस्यहरुको लागि संस्थागत फेसबुक तथा यूट्यूवमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो ।

सभाले रामप्रसाद कासुला अध्यक्ष, निर्मला सुवाल उपाध्यक्ष, पुष्पलाल तिमिला सचिव, बलराम जु.श्रेष्ठ कोषाध्यक्ष तथा संचालकहरुमा धर्मरत्न खाईतु, धर्मरत्न खाईतु, प्रबिण बाटी, बिष्णुभक्त कवाँ, नारायणबहादुर बासुकला, सहनादेवी मुनंकर्मी, श्रृजना कोजू सुवाल, गायत्री मैया कोजू, मेनुका ताल्चाभडेल निर्बिरोध निर्वाचित भएका छन । त्यसैगरी सभाले लेखासमितिमा  कृष्ण प्रसाद नापित संयोजक र सदस्यहरुमा कृष्णहरी कर्माचार्य र पुण्यश्वरी सुवाललाई चयन गरेको छ ।

संस्थाका अध्यक्ष न्हुछेकुमार त्वायनाको सभापतित्वमा सम्पन्न सभामा । संस्थाकी सचिव निर्मला सुवालले आर्थिक वर्ष ०७६÷०७७ का कार्यक्रमहरु तथा आगामी बर्षको नीति तथा कार्यक्रम पेस गरिएको थियो । कोषाध्यक्ष नारायण बहादुर बासुकलाले १३ करोड ११ लाख ९७ हजार २८७ रुपैया आम्दानी तथा १० करोड ५८ लाख ३५ हजार ३१४ रुपैया खर्च गरी कुल २ करोड ५३ लाख ६१ हजार ९७३ नाफा गर्न सफल रहेको जानकारी दिए । संस्थाको कुल वासलात १ अर्व १४ करोड १७ लाख १ हजार १३८ रुपैंयाको आर्थिक प्रतिवेदनको साथै आगामी बर्षको ३ करोड ४८ लाख ७१ हजार ५४७ कुल नाफा तथा कुलवासलात १ अर्व ३५ करोड १७ लाख ४२ हजार ६०४ रुपैया को अनुमानित बजेट समेत सभामापेश गरिएका थिए ।

सभामा संस्थाका प्रमुखकार्यकारी अधिकृत राधेश्याम दुवालले कोभिड १९ को कारण सदस्यहरुलाई पर्न गएको आर्थिक समस्यालाई मध्यनजर गरी २०७६ चैत्र देखी हालसम्म पूर्ण रुपमा ऋण तथा बचतमा हर्जाना छुट दिई रहेको र पाउनु पर्ने व्याजमा समेत ५ प्रतिशत छुट दिँदै आएको सभामा जानकारी गराए । त्यसैगरी आपतकालिन कर्जा, पुनर्कर्जा तथा पुनतालिकीकरणको सुबिधा प्रदान गरेको र सदस्यहरुलाई १३ प्रतिशत लाभाश बितरण गरिएको समेत संस्थाका प्रमुखकार्यकारी अधिकृत दुवालले बताए ।




Leave a comment