शुक्रपथ सहकारीको माघ १ गतेबाट ३६५ दिने सेवा सुरु

शुक्रपथ सहकारीको माघ १ गतेबाट ३६५ दिने सेवा सुरु :: Sahakari Akhabar

काठमाडौं । शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्थाले माघ १ गतेबाट ३६५ दिननै वित्तीय सेवा प्रवाह गर्ने भएको छ । संस्थाले माघ १ गतेबाट सदस्यहरुलाई ३६५ दिनै दिनै सेवा प्रहवा गर्न लागेको हो । हाललाई मुख्य कार्यालयबाट मात्र यो सेवा प्रवाह हुने संस्थामा प्रमुख कार्यकारी अधिकृत मधुकर वाग्लेले जानकारी दिए ।

सदस्यहरुको माग र आवश्यकताका आधारमा सेवा केन्द्रहरुबाट पनि सेवा प्रवाह गरिने उनले बताए । सदस्यहरुको सहजता र सेवाका लागि शुक्रपथ सधैं सँगै रहेको पनि उनको भनाई छ । संस्थाले मुख्य कार्यालयसँगै काठमाडौंको कालिमाटी, सामाखुशी, चावाहिल, कोटेश्वर, हात्तिगौडा र ललितपुरको लगानखेलबाट सदस्यहरुलाई वित्तीय सेवा प्रवाह गरिहरेको छ ।




Leave a comment