मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघको साधारण सभा सम्पन्न 

मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघको साधारण सभा सम्पन्न  :: Sahakari Akhabar

श्रीराम अर्जुन,मकवानपुर । मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार हेटौंडामा भएको सभामा दुग्ध केन्द्रीय सहकारी संघ अध्यक्षका अध्यक्ष नारायणप्रपाद देवकोटाको प्रमुख अतिथ्यता रहेको थियो । सभामा बोल्दै अध्यक्ष देवकोटाले बहुउद्देश्यीय सहकारीहरुले उत्पादनसंग जोडेर काम गर्नुपर्ने बताए । सहकारी सहकारीबीच अन्तर लगानी गर्ने व्यवस्था जारी भएको अवस्थामा साना सहकारीले ठूला सहकारीसंग अन्तर लगानीको काम गरिनु पर्ने बताए ।

राज्यले सहकारीको समस्या पहिचान गरि आवश्यक समाधान गर्न लाग्ने र तीन तहका सरकारले सहकारीद्धारा उत्पादित वस्तुलाई बजारिकरण गर्न सहयोग पुर्याउनुपर्ने बताए । बचत गर्ने, उत्पादन गर्ने र बजारिकरण गर्न सबै एक साथ रहेमा आर्थिक पक्ष सबल बन्ने बताए । सभामा नियमित बचत गर्ने मकवानपुरगढी ३ को हिमाल बहुद्देश्यीय सहकारी संस्था र उत्कृष्ट बचत गर्ने राजदेवी  महिला बहुउद्देश्यीय सहकारी संस्थालाई सम्मान गरिएको थियो । संघका अध्यक्ष रामहरि न्यौपानेको अध्यक्षतामा भएको सभामा कोषाध्यक्ष बिमल कुमार ढकाल, लेखा संयोजक रामेश्वर अर्यालले आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । १ लाख  १५ हजार पूँजी रहेको संघमा जिल्लाका १९ वटा बहुउद्देश्यीय सहकारी संस्था आबद्ध रहेका छन् ।

कार्यक्रममा जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष बद्रीप्रसाद लम्साल, बचत तथा ऋण सहकारी संघ बागमती प्रदेशका उपाध्यक्ष राधा सिन्तान, जिल्ला बचत संघका अध्यक्ष कल्पना श्रेष्ठ, दिव्यतारा बहुउद्देश्यीय सहकारीका उपाध्यक्ष डा. गणेश बल लामा, नारायणी बहुउद्देश्यीय सहकारीका उपाध्यक्ष जंगबहादुर गुरुङ, शिवम् सिमेन्टका विक्री प्रवन्धक सुदेश सापकोटा, रिद्धि सिद्धि सिमेन्टका विक्रि प्रवन्धक विक्रम खतिवडा लगायतले आफ्नो भनाइ राखेका थिए ।




Leave a comment