सहकारीमा कस्तो प्रविधि छनौट गर्ने ? 

सहकारीमा कस्तो प्रविधि छनौट गर्ने ?  :: Sahakari Akhabar

प्रविधि सँग सम्बन्धीत वा सहकारी नियमन सँग सम्बन्धीत निकायहरुले यसको विश्वसनीयता परीक्षण गरी सूचिकृत गरी वा स्तर निर्धारण गरी सम्बद्ध पक्षहरुलाई जानकारी दिन सकियो भने प्रयोगकर्ताहरुले निर्धक्क प्रविधिको प्रयोग गर्न पाउने थिए । अब एकिकृत प्रविधि प्रणाली वा पूर्ण प्राविधिक समाधानलाई मात्र नियमनकारी निकायले पहिचान गराईदिने व्यवस्था मिलाएमा सयौं बेखबर प्रणालीहरुको प्रतिस्पर्धा बजारमा कम हुने थियो र स्तरीकृत, सम्पूर्ण समाधान सहितको प्रविधि मार्फत प्रयोगकर्ताले ढुक्क सँग समयसापेक्ष आवश्यकता र समयअनुसार परिस्कृत प्रणालीमा भरपर्ने समय आउने थियो । 

- शिवजी सापकोटा

shivajee@hotmail.com

सन् १८४४ मा बेलायतबाट सहकारीताको अभ्यास शुरु भई विश्वमा त्यसको सञ्चालन विधि, सिद्धान्त र फरक छवीको आत्मसाथ र अनुकरण हुँदै आएको १७५ बर्ष भन्दा बढी भइसकेको छ । यी वर्षहरुमा यसको सञ्चालन, विकास, विधि र तौरतरिका, सदस्यहरुलाई सेवा, समुदायमा उपस्थिती र विस्वसनीयता हेर्दा यो वास्तबमै सदस्यहरुको आफ्नै स्वामित्वको, सदस्यहरु प्रति जिम्मेवार संगठनको रुपमा लिन सकिन्छ त्यसैले त यो विश्वमा प्रभावकारी बन्दै गएको छ । आजसम्म विश्वका ३० लाख सहकारी संस्थाहरुमा विश्वको १२% जनसंख्या आवद्ध रहेको र २८ करोडलाई रोजगारी दिएको तथ्यांक अन्तराष्ट्रिय सहकारी महासंघले उल्लेख गरेको छ ।

समुदायको आर्थिक, सामाजिक र साँस्कृतिक लगायतका बहुपक्षीय विकासमा सामुहिक जिम्मेवारी र दायित्व वहन गर्ने गरी गठित सहकारीहरु विभिन्न विषयगत र वित्तीय कारोबारमा संलग्न छन् भने नेपालमा एकिकरण पश्चात वा निस्क्रिय भएका संस्थाहरुलाई अलग गरी क्रियाशिल सहकारी संस्थाहरु २९ हजार ८ सय बढी रहेको सहकारी विभागको तथ्याङ्क छ । यी मध्ये अधिकांश सहकारीहरुले प्रत्यक्ष रुपमा बचत र ऋणको मात्र कारोबार गरी बचत, ऋण र अन्य वित्तीय सेवाहरुमा बिविधीकरण गरेको अवस्था छ ।

सहकारी ऐन २०४८ ले सहकारी गठन गर्न दिएको अधिकार प्रयोग गरी गठित नेपालका वित्तीय कारोबार गर्ने सहकारीहरुले आधारभूत तह : संघ संस्थाको विनियम, नीतिहरु निर्माण र सदस्यता अभिवृद्धिको क्षेत्र, सदस्यता विस्तार, नेतृत्वको जिम्मेवारी र स्वयमसेवी भूमिकाको विषयमा जानकारी लिएको अवस्था ।

मूल्य प्रतिस्पर्धि बजारले निर्धारण गर्ने हो उपयुक्त प्रविधि भित्रयाउनका लागि सक्षम सहकारीहरुले सस्तोको पछि दगुर्नुपर्छ भन्ने छैन किनकी एउटा कम्प्युटरले धेरै कर्मचारीहरुको काम गर्न सक्छ । ती कर्मचारीहरुको सेवा सुविधालाई हिसाब गर्ने हो भने ठूलो खर्च निस्कन्छ, आखिर प्रणाली स्थापित गर्न खर्च लाग्छ । मापदण्डमा सञ्चालन गर्न सकिने र विना झन्झट विश्वनीय रुपमा आवश्यक सेवा र समाधानहरु समयमा पाउनु पहिलो प्राथमिकता हो । बढीमा तीन महिनामा प्रणाली अद्यावधिक हुन सक्ने अवस्थाको प्रत्याभूति पाउन सकिन्छ की सकिन्न प्रमुख विषय यही हो । 

संस्थागत विकास तह : आवश्यक अनिवार्य नीतिहरु, वित्तीय अनुगमन औजार मार्फत वित्तीय एवम् आत्मनिर्भरता÷दीगोपना परीक्षण, सुशासन मार्फत भूमिका र जिम्मेवारी विषयमा छलफल र वहस, सहकारी एवम् लेखा व्यवस्थापन मार्फत दैनिक संचालनमा चुस्त एवम् दुरुस्तता कायम भएको अवस्था ।

स्तरीकरण तह : जोखिम सुपरिवेक्षण, पल्र्स अनुगमन, राष्ट्रिय एवम् अन्तराष्ट्रिय  मापदण्डहरुको निर्माण, कार्यान्वयन र परीक्षण सहित स्तर निर्धारणको अवस्था । प्राविधिकीकरण र सदस्य समृद्धिको तहः सहकारी संस्थाहरु सदस्यहरुको आर्थिक क्षमताको विकासका लागि उद्यमशिलता, व्यवशाय विकास, बजारीकरणमा सहयोग र उत्पादक, वितरक र उपभोक्ता सम्म पुर्याउने च्यानलहरु निर्माण गरी वित्तीय र प्राविधिक रुपमा उक्त संयन्त्रमा सहकारीलाई केन्द्रमा राख्ने अवस्थामा आइपुगेको छ ।

समयको माग वा विश्व स्वास्थ्य संकटका कारण सन् २०२० सहकारी क्षेत्रको लागि एउटा फड्को मार्ने अवसरको रुपमा देखापरेको छ । कोभिड १९ जसका कारण व्यक्ति व्यक्ति बीच भेटघाट गर्न, भिडभाड गर्न, यात्रा गर्न र मुद्राको कारोबार गर्न जोखिम रहनु आदि । यी विविध समस्याहरुले प्रविधि मार्फतका सेवाहरु उच्च प्राथमिकतामा परेको छ । तालिम, शिक्षा, अभिमूखिकरण, पत्रपत्रिका, कार्यालयको दैनिक क्रियाकलापहरु, उपभोग्य वस्तुहरुको आपूर्ति, औपचारिक शिक्षा तथा परीक्षा, लेनदेन वा भुक्तानीहरुले बैकल्पिक माध्यम अर्थात प्रविधिमा केन्द्रित हुन थाल्यो ।

पछिल्ला समय शुरुवाती चरण देखि नै प्रविधि मार्फत सञ्चालित बैंक तथा वित्तीय संस्थाहरु वित्तीय सेवा उपलब्ध गराउने सहकारीहरुका लागि प्रेरक त थिए नै तर वृहत लगानी र प्रविधि अवलम्बन गर्ने सदस्य तथा सेवा प्रदायक कर्मचारीहरु वा त्यसको संयन्त्रको कमीका कारण उच्च प्रविधि अंगाल्नको लागि समयमै सही निर्णय लिन अलमल रहेको अवस्था थियो । आज आएर यी विषयहरुलाई अवसरको रुपमा स्वीकार गरी समुदायका सम्पूर्ण क्रियाकलापहरुमा सहकारीले आफ्नो उपस्थिती जनाउन थालेको अवस्था छ । सदस्यलाई उद्यमी बनाउने, बजार व्यवस्थापन गर्ने, विचौलिया उन्मुलन गरी सहकारीले उक्त सेवा दिने, उत्पादन तथा सेवाको संयुक्त बजारीकरण, प्राविधिक प्रदर्शन, मूल्य निर्धारण र जानकारी, सदस्यहरुले माग क्रयविक्रय गर्न सक्ने पोर्टलहरु निर्माण र भुक्तानी तथा फछर्यौटका विषयहरुमा अब सहकारी अभ्यस्त हुनुपर्दछ ।

नेपालमा सहकारी, विशेषगरी वित्तीय कारोबारमा संलग्न सहकारीहरुले व्यावसायिक सञ्चालनको अवधि वि.सं.२०५५ देखि २०५७ मा वर्ड प्रोशेसिङ्ग भन्दा बाहेक, सामान्य एक्सेल वा सहकारीको लेखा व्यवस्थापन प्रणालीको सामान्य शुरुवात गरेको पाइन्छ । यो नै सहकारीमा प्राविधिकीकरणको शुरुवात हो । सामान्यतय सहकारीमा प्रविधि भन्ने वित्तीकै हामी कम्प्युटर खरिद गर्ने भन्ने बुझ्छौं । त्यति मात्र होईन त्यो कम्प्युटर मार्फत सहकारीका सबै कारोबारहरु, भुक्तानी, प्राप्ति, लेखा व्यवस्थापन, अभिलेखीकरण, प्रतिवेदन तयारी, अवस्था विश्लेषण, खाता विवरण र रकमान्तर समेत हो । अहिले नेपाली बजारमा १०० भन्दा बढी आर्थिक कारोबार व्यवस्थापनका सफ्टवयरहरु उपलब्धछन् ।

प्रविधि सँग सम्बन्धीत वा सहकारी नियमन सँग सम्बन्धीत निकायहरुले यसको विश्वसनीयता परीक्षण गरी सूचिकृत गरी वा स्तर निर्धारण गरी सम्बद्ध पक्षहरुलाई जानकारी दिन सकियो भने प्रयोगकर्ताहरुले निर्धक्क प्रविधिको प्रयोग गर्न पाउने थिए । अब एकिकृत प्रविधि प्रणाली वा पूर्ण प्राविधिक समाधानलाई मात्र नियमनकारी निकायले पहिचान गराईदिने व्यवस्था मिलाएमा सयौं बेखबर प्रणालीहरुको प्रतिस्पर्धा बजारमा कम हुने थियो र स्तरीकृत, सम्पूर्ण समाधान सहितको प्रविधि मार्फत प्रयोगकर्ताले ढुक्क सँग समयसापेक्ष आवश्यकता र समयअनुसार परिस्कृत प्रणालीमा भरपर्ने समय आउने थियो । 

अधिकांश प्रविधि अवलम्बनको लागि देहायको चुनौतीहरु रहेकाछन्:

क) प्रविधिको निर्माणकर्ता : सहकारी क्षेत्रको प्रविधिको निर्माण सामान्य अवस्थाबाट शुरुवात हुनु, दक्ष जनशक्तिबाट नभई सिकारु जनशक्तिले काम गर्दै जानु, विषयविज्ञहरुको संलग्नता नभई प्रयोगकर्ताको मागमा आधारित भई विशेषता विकास गरिनु । पारिवारिक, इष्टमित्रहरु वा आफन्त वा साथीभाईहरुको स्वामित्वमा परियोजना अघि बढाईनु । अन्तराष्ट्रिय असल अभ्यास वा देशको कानून, निर्देशन भन्दा पनि जुन बेला जे आवश्यक पर्छ त्यही तरिकाबाट प्रणाली तयार गरिनु र प्रणाली विकासको चरणमा दुरदर्शिता नपु¥याउनुले सहकारीका प्रणालीहरु टालटुले, जोडजाडे प्रकृतिका भई विश्वसनीयतामा कमी आएकाछन् । 

ख) विक्री पश्चातको सेवा : अत्यन्त तरल बजारको उपयोग गर्दै कतिपय प्रविधि प्रदायक फर्म कम्पनीहरुले विक्रीलाई प्राथमिकता दिने, प्रविधि आफैँले काम गर्दैन कोही न कोहीले चलाउनु पर्छ र जीवन्त राख्नु पर्छ भन्ने विषय सुसूचित नगर्नु । कम्पनिलाई विक्री गर्न पाए पुग्यो । पछि आउने समस्याहरुका बारेमा तत्काल निराकरण भन्दा पनि बहस र उल्टो समस्या देखाउने प्रचलन । विक्री पश्चातका सेवाहरुलाई कम्पनीमा उपलब्ध जनशक्ति वा प्राविधिक व्यवस्थापनले सम्बोधन गर्न सक्ने छ वा नसक्ने यी विषयहरु मौन राखिनु ।

ग) प्रविधि निर्माणको आधार : सहकारीलाई आवश्यक प्रविधि निर्माणको आधारहरुः खरिद गर्नुपर्ने, खरिद नगरी चलाउन सकिने (पाइरेटेड) वा खरिद गर्नु नपर्ने (ओपन सोर्स), यी विषयहरु र सहकारीहरु साना संस्थाहरु हुन यीनीहरुलाई यति भए पुग्छ भन्ने संकुचित धारणाबाट विकास गरिएका प्रणालीहरु जसले गर्दा सहकारीमा भएको चरणवद्ध बृद्धि र विकास सँगै प्रविधिलाई अघि बढाउन टालटुल र जोडजाडमा निर्भर हुनु पर्ने । 

घ) प्रणालीको सञ्चालन : बनेका प्रणालीहरु डेस्कटपवेश वा वेववेश, डेस्कटपवेश भयो भने हरेक मेशिनमा जडान गर्दै जानुपर्छ, एकिकृत अभिलेखिकरण हुन समस्या हुन्छ, वेववेश भएमा एकैठाउँबाट पहुँच पुर्याउन सकिन्छ । वेववेशमा पनि सुरक्षित वा असुरक्षित, यी विभिन्न विषयहरुले गर्दा उपयुक्त विकल्पमा जान सकिएन भने वर्षैपिच्छे झन्झट मात्र रहन्छ । 

ङ) नीति र विधिको व्यवस्थापनः सहकारी सञ्चालनको तौरतरिका, कानूनी आधार र विश्वसनीयता वा गणनाको एक्यूरेसि, यी विषयहरु सहकारीका मापदण्ड, निर्देशिका, मूल्य मान्यताका आधारमा सदस्यहरुलाई गरिने आर्थिक व्यवहार जस्ता विषयहरु सम्बोधन हुने तरिका । वा प्रयोगकर्ताको स्वविवेकीय अधिकारमा सञ्चालन गर्न सकिने? यस्ता विषयहरु, खाता, सहायक खाता अन्तिम प्रतिवेदनन, व्याजहिसाब, करकटि र भुक्तानी, नियामक निकायमा पठाउनुपर्ने प्रतिवेदनहरु, सम्पत्ति शुद्धिकरण र कारोबार सम्बन्धी जानकारीहरु, सदस्यलाई जानुपर्ने सूचना र लेखापरीक्षण प्रतिवेदनको आधार विवरणहरु आदि ।

च) मूल्य र बार्षिक सेवा शुल्कहरु : मूल्य प्रतिस्पर्धि बजारले निर्धारण गर्ने हो उपयुक्त प्रविधि भित्रयाउनका लागि सक्षम सहकारीहरुले सस्तोको पछि दगुर्नुपर्छ भन्ने छैन किनकी एउटा कम्प्युटरले धेरै कर्मचारीहरुको काम गर्न सक्छ । ती कर्मचारीहरुको सेवा सुविधालाई हिसाब गर्ने हो भने ठूलो खर्च निस्कन्छ, आखिर प्रणाली स्थापित गर्न खर्च लाग्छ । मापदण्डमा सञ्चालन गर्न सकिने र विना झन्झट विश्वनीय रुपमा आवश्यक सेवा र समाधानहरु समयमा पाउनु पहिलो प्राथमिकता हो । बढीमा तीन महिनामा प्रणाली अद्यावधिक हुन सक्ने अवस्थाको प्रत्याभूति पाउन सकिन्छ की सकिन्न प्रमुख विषय यही हो 

छ) पछिल्ला प्रविधिहरुको अवलम्बनको क्षमता र गति : अधिकांश सहकारीका प्रविधि, सेवा प्रदायकहरुमा पछिल्ला प्रविधिहरुको अवलम्बनको क्षमता र गति सुस्त रहेको पाइन्छ । कारण दक्षजनशक्ति, कम्पनिको व्यावसायिक संरचना, बजार प्रतिस्पर्धि नहुनु, प्रविधि निर्माणको आधार कमजोर हुनु र एप्लिकेशन प्रोग्रामींग इन्टरफेस (एपिआइ) वा प्लाटफर्म लिंकेज निर्माणमा ढिलाई वा पहुँच बढाउन नकस्नु । 

यी सबै विषयहरु हेर्दा, नेपालमा एउटा सहकारीले आजको दिन १० अरब सम्म पुँजि परिचालन गरिरहेको अवस्था छ । सहकारीमा थुप्रने रकमको सुरक्षा र सही सदुपयोगको प्रत्याभूति दिनु पर्छ । बजारमा सयौंको संख्यामा प्रविधिका नाममा सफ्टवयरहरु बजारमा गएकाछन् । कति सञ्चालित छन् त कति त्यतिकै थन्किएर पुरानै चारखाता भर्नुपर्ने अवस्थामा छोडिएकाछन् । सहकारीमा प्राविधिकीकरण चरणवद्ध रुपमा अनन्त सम्म चलिरहने विषय हो, एकाध वर्षमा फेर्ने, लगानी डुबेर जाने, विश्वसनीयता हराउँदै लैजाने विषय होईन । सहकारीका प्रणाली प्रयोगकर्ताहरुले सफ्टवयर कम्पनी, जनशक्तिको पर्याप्त उपलब्धता, प्रणाली निर्माणको आधार, पछिल्ला प्रविधिहरुसँगको इन्टरअपरयाविलिटी, एउटा प्रविधि अन्य प्रविधि सँग मिडिलवेर मार्फत सूचना कम्प्युनिकेट गर्न सक्ने नसक्ने, सर्पोट सर्भिसको प्रत्याभूति र अन्ततः डिजिटल पेमेन्ट सम्म पुग्न सक्ने प्रणाली छनौटमा ध्यान दिनु पर्दछ ।

नेपालमा सहकारी, विशेषगरी वित्तीय कारोबारमा संलग्न सहकारीहरुले व्यावसायिक सञ्चालनको अवधि वि.सं.२०५५ देखि २०५७ मा वर्ड प्रोशेसिङ्ग भन्दा बाहेक, सामान्य एक्सेल वा सहकारीको लेखा व्यवस्थापन प्रणालीको सामान्य शुरुवात गरेको पाइन्छ । यो नै सहकारीमा प्राविधिकीकरणको शुरुवात हो । सामान्यतय सहकारीमा प्रविधि भन्ने वित्तीकै हामी कम्प्युटर खरिद गर्ने भन्ने बुझ्छौं । 

कस्तो प्रणाली छनौट गर्ने :सहकारी संस्थाहरुले वित्तीय व्यवस्थापनलाई सुरक्षित र व्यवस्थीत बनाउन प्रविधि सेवा प्रदायहरु सँग देहायका जानकारीहरु लिई सुनिश्चित भएपछि मात्र प्रविधि अवलम्बन गर्नु उपयुक्त हुन्छ ।

-  प्रविधि प्रदायक कम्पनिको विश्वसनीयता
-   प्राविधिकहरुको सख्या वा जनशक्ति
- प्राविधि निर्माणको आधार
- प्राविधिकहरुमा पछिल्ला प्रविधिहरु सँगको जानकारी र विषयविज्ञता
- कानूनी, नीति, कार्यविधि र अनिवार्य प्रतिवेदन समावेशको आधार
-  अभिलेख र गणनाको विश्वसनीयता र एक्युरेसी
-अभिलेखको सुरक्षा र सुरक्षित व्राउजिङ्ग
- प्रविधिको व्यापकतामा आधारित (एक्प्याण्डेबल फिचर्स)
-  तालिकावद्ध अद्यावधिकको सुनिश्चितता
-   नियामक निकाय र सरोकारवालाहरुको माग बमोजिम दु्रत परिमार्जनको प्रत्याभूति
-  समवग्र प्रणालीको सुरक्षाको प्रत्याभूति र अभिलेखको हस्तान्तरण
-  विग डाटा सिमुलेशन क्यापासिटी
- लेटेस्ट टेक्नोलोजिकल कम्प्याटिविलिटी
- मोवाईल वा पिडिए कम्प्याटिवल
- स्तरीय लेखामान तथा गणना विधिमा आधारित
- नियामक निकायहरुको निर्देशन बमोजिमका प्रक्रियाहरुमा आधारित
-  अन्य स्तरीकृत आवश्यक विषयहरु

नेपालमा सहकारीको प्रविधि निर्माणको लागि कुनै बान्छनीय योग्यता वा प्रोडक्ट कम्पिटेन्सी परीक्षण गर्नुपर्ने प्रावधान रहेको मेरो जानकारीमा छैन । यस्ता प्रविधिहरुलाई कुन स्तरको वा कति स्टार पाएको, कुनै निकायले परीक्षण गरी सुनिश्चीत गरेको प्रणाली भनेर विश्वास गर्ने अवस्थामा पनि हामी छैनौ । त्यसैले प्रविधि सँग सम्बन्धीत वा सहकारी नियमन सँग सम्बन्धीत निकायहरुले यसको विश्वसनीयता परीक्षण गरी सूचिकृत गरी वा स्तर निर्धारण गरी सम्बद्ध पक्षहरुलाई जानकारी दिन सकियो भने प्रयोगकर्ताहरुले निर्धक्क प्रविधिको प्रयोग गर्न पाउने थिए ।

अब एकिकृत प्रविधि प्रणाली वा पूर्ण प्राविधिक समाधानलाई मात्र नियमनकारी निकायले पहिचान गराईदिने व्यवस्था मिलाएमा सयौं बेखबर प्रणालीहरुको प्रतिस्पर्धा बजारमा कम हुने थियो र स्तरीकृत, सम्पूर्ण समाधान सहितको प्रविधि मार्फत प्रयोगकर्ताले ढुक्क सँग समयसापेक्ष आवश्यकता र समयअनुसार परिस्कृत प्रणालीमा भरपर्ने समय आउने थियो । अबको यूग प्रविधिकीकरणको यूग हो विश्वसनीयता तर्फ सबैको ध्यान जानु जरुरी छ ।




Leave a comment