सहकारी बैंकको ऋण, संचालकले चलाएर २ वर्षमा २० करोड कमाएः मेयर बस्नेत

सहकारी बैंकको ऋण, संचालकले चलाएर २ वर्षमा २० करोड कमाएः मेयर बस्नेत :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी बैंकबाट ६ प्रतिशत ब्याजदरमा पैशा ल्याउने र सदस्यलाई २४ प्रतिशतमा लागनी गर्ने प्रवृति रोक्नु पर्ने नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतले बताए । उनले सहकारी बैंकको सस्तो ब्याजदरको पैशा सहकारीका संचालकले शेयरमा लगानी गर्ने गरेको बताए ।

शनिबार सीतापाईला बहुउद्देश्यीय सहकारी संस्थाको २१ औं वार्षिक साधारण सभामामा बोल्दै मेयर बस्नेतले भने ‘मैले पाँच ६ वटा पकडीसकें कारबाही गर्न नपरोस् । सहकारीका संचालकले २ वर्षमा २० करोड कमाएको सुनेको छु, सहकारी सदस्यकोलागि हो, संचालककोलागि हैन ।’ बैंकको सस्तो ब्याजदरको पैशा संचालकहरुले दुरुपयोग गरेको उनले भने ।

यस्तो लगानी रोक्नु पर्यो या अनुगमन हुनुपर्यो । सहकारी बैंकको लगानी दुरुपयोग भइरहेको छ यस्तो कार्य रोक्नु पर्ने र यसले भविश्यमा गलत परिणाम दिने उनको भनाई छ । मेयर बस्नेतले भने ‘यसै नगरपालिका भित्र त्यस्ता सहकारी छन पहिला सम्झाउने हो, कारबाही गर्नुपर्ने भयो भने गर्नसक्ने क्षमता छ ।’ उनले नगरपालिकामा हाल नयाँ ५ वटा संस्था मात्र दर्ता भएको बताए । सहकारीले शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा सेवा पुर्याउन समुदाय र सहकारीको सहकार्य आवश्यक रहेको बताए ।

उनले भने, सहकारी मार्फत आर्थिक सम्वृद्धि सम्भव छ । सदस्यको सामाजीक, आर्थिक उत्थानमा महत्वपूर्ण भूमिका खेल्नु पर्छ । सहकारीले महिला शसक्तिकरण, शिक्षा, पर्यटन प्रवद्र्धनमा योगदान दिनसक्छन् । सम्विधानले परिकल्पना गरेअनुसार सहकारीपनि तीनतहमा बाँढिएकोले नगर भित्र रहेका संस्थाले नगरको कानुन मान्नु पर्छ । नागार्जुन नगरपालिका भित्रका ७५ वटा सहकारीसंग सहकार्यकार्य गरिरहेको बताए । सहकारीका कारण सवैमा वित्तिय पहुँच पुगेको र सहकारीले गरेका राम्रा कामको प्रशंसा गर्नु पर्छ उनले भने, सहकारीले छुट्टै पहिचान बनाएर अघि बढ्नु पर्छ ।




Leave a comment