जलवायु अनुकूलनमा सहकारीको भूमिका

जलवायु अनुकूलनमा सहकारीको भूमिका :: Sahakari Akhabar

जलवायु परिवर्तनको परिमाण, घनत्व, आयतन र प्रभावस्तर फरक भएपनि कुनै पनि मुलुक र समुदाय यसको असरबाट मुक्त छैन । नीति, प्रविधि, लगानी र नियमनले मात्र जलवायुमैत्री समुदाय निर्माण गर्न सकिदैन । सामाजिक संस्था र सामाजिक परिचालनको भूमिका महत्वपूर्ण हुन्छ । सहकारीहरु स्थानीय ज्ञानका पहिला संस्था हुन्, समुदायसंग नजिक मात्र होइनन्, समुदायकै अभियान भएकाले समुदायमा पर्ने असरसंग जानकार रहन्छ । सहकारीमा सदस्यको क्षमतागत विविधता रहन्छ । जसलाई उपयोग गरेर उनीहरुकै हित गर्न सकिन्छ ।

- गोपीनाथ मैनाली 
सचिवः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

बढ्दो मानवीय क्रियाकलाप र प्राकृतिक असन्तुलन 
जलवायु परिवर्तनले जलश्रोत, कृषि, वन, स्वास्थ्य, पूर्वाधार क्षेत्रहरु लगायत जैविक विविधता प्रभावित हुदै आएका छन् । नेपालको हिमाली क्षेत्रको तापक्रम गत ३ दशकको अवधिमा प्रतिदशक ०.१५–०.६ डिग्रीले बढेको छ । हरितगृह ग्याँस उत्सर्जन नेपालबाट केवल ०.०२५ प्रतिशत र अमेरिका तथा चीनबाट क्रमशः २२ र ८ प्रतिशत हुन्छ । तर जलवायु परिवर्तनको मार नेपालमा बढी छ ।

जलवायु परिवर्तन

मानवीय क्रियाकलापका कारण हरितगृह प्रणालीमा असर परी वायुमण्डलको तापमानमा क्रमिक वृद्धि हुनु जलवायु परिवर्तन हो । Climate change is any long-term significant change in the “average weather” that a given region experiences. Average weather may include average temperature, precipitation and wind patterns.

यी परिभाषाहरुले जलवायु परिवर्तनले वायुमण्डलमा भएको फेरवदल (Climate variability) र जलवायु अस्थिरता (Climate Vulnerability) लाई जनाउँछ ।

जलवायु परिवर्तन भन्नाले प्रत्यक्ष वा परोक्ष रुपमा मानव क्रियाकलापसंग सम्बन्धित भै विश्व वायुमण्डलको संरचना परिवर्तन गर्ने र तुलनात्मक समयावधिभित्र प्राकृतिक रुपमा परीक्षण भएको जलवायु परिवर्तनलाई जनाउँदछ । UNFCCC

क्योटो प्रोटोकल १९९७ अनुसार हरितगृह ग्यास समूहमा कार्वनडाईअक्साइड, मिथेन, नाट्रोजन अक्साईड, हाइड्रोफ्लोरोकार्वन, फ्लोरोकार्वन र सल्फर हेक्जाफ्लोराइड र धुलकणहरु (CO2, CH4, N2O, HFC (hydrophloro carbon), Perfloro carbons(PF6), Sulphur hexafloride (SF6) H2O (water vapour) पर्दछन् । सामान्यतः हरितगृह ग्याँसमा कार्वन डाइअक्साइड, मिथेन र नाइट्रस पर्दछन् (यी तीनको योगदान ९९ प्रतिशत छ ) ।

जलवायु परिवर्तनको कारण हरितगृह ग्यासको उत्सर्जन हो, जुन पृथ्वीमाथि अनियन्त्रित मानव क्रियाकलापको परिणाम हो । हरितगृह ग्यास पृथ्वीको तापक्रमलाई सन्तुलित बनाईराख्न मद्दत गर्दछ । पृथ्वीको स्वाभाविक चाल जसलाई यसको पर्यावरणले थेग्न सक्छ, त्यति वेलासम्म जलवायु परिवर्तनको परिणाम देखिदैन ।

समकालीन विश्वको सवैभन्दा वजनदार सवाल, जसले एकैचोटि आर्थिक, सामाजिक र वातावारणीय आयालाई प्रभाव पारिरहेको छ । वातावरणीय प्रभाव तपमान बृद्धिमा देखियो । प्रतिकूल मौसमी व्यवहार । १० देखि २० से मि समुद्री सतह बृद्धि भएको छ । बर्षाको प्रबृत्ति र मात्र बदलिएको छ । हिमतालहरु पग्लिएका छन् । प्रतिवर्ष न्म्ए लाई ०.५ देखि १ प्रतिशत । नेपालमा अझै बढी । ब्म्द्य को अध्ययन अनुसार सन् २१०० मा थाइल्याण्ड र भितनाममा न्म्ए ६.७ प्रतिशत नास गर्ने ।

मौसम र जलवायु

दैनिक अवस्था, बदली रहन्छ, तलमाथि भइरहने स्वभाव सामान्य हो । तापक्रम, वर्षा, वायुको चाप र गति, ओशको मात्रा, दैनिक सौर्यताप अवधि । लामो अवधिको सरदर मौसमको स्थिति, स्थान विशेष, ऋतु विशेष स्थिर रहन्छ, बदलिनु अस्वभाविक हो, शरीरको तापक्रम जस्तै:

जलवायु परिवर्तन एउटा प्राकृतिक प्रकृया हो, तर...

मानवीय क्रियाकलापहरुले हरितगृह ग्याँसहरु धेरै बढेर वायुमन्डलमा थुप्रिएको हुँदा पृथ्वी तातिदै छ । धुवाँको मुश्लो हरितगृह ग्याँस (कार्बन डाइअक्साइड, मिथेन, नाइट्रस अक्साइड) निस्कासन भइरहेको यसको उदाहरण हो । मौसमको फेरवदल र तीब्र घटनाहरु बृद्धिको असर ।

सम्भावित प्रभाव

अधिकतम तापक्रममा बृद्धि, गर्मि हुने  दिनहरुको संख्यामा बृद्धि, तातो हावा वहने घटनाक्रममा बृद्धि ।
न्युनतम तापक्रम, ठण्डि दिनहरु, हिउ वा तुसारो पर्ने दिनको संख्यामा कमी (उच्च संभावना) ।
अधिकांश क्षेत्रमा तिब्र वर्षाका घटानामा बृद्धि
उच्च बायु प्रदुषण ।
शमसितोष्ण प्रदेशहरुमा सुखा खडेरीका घटनामा बृद्धि ।
सामुद्रिक तुफान, हावा हुरी र तिव्र वर्षाका घटनाहरुमा उच्च बृद्धि ।

असरका केही उदाहरणहरु

शहरी क्षेत्रका बृद्धहरुको मृत्युदरमा बृद्धि
बाली विनाश
जीवजन्तुहरुमा तापको प्रभाव ।
केही वाली र फलफुलका प्रजातीहरुको लोप ।
बाढी, पहिरो जस्ता कारणले जन, धनको विनास ।
उच्च क्षेत्रका घासे मैदानको उत्पादकत्वमा कमी, वन डढेलोका घटनामा बृद्धि, जलविद्युतको उत्पादन लागतमा बृध्दी ।
विभिन्न पर्यावरणीय, सामाजिक, आर्थिक प्रणालीमा क्षति ।
तापमानमा बृद्धिको कारणले खाद्यान्नको उत्पादन असर पार्नुका साथै कतिपय विउहरु अंकुरण हुन नसकी लोपोन्मुख हुन्छन् ।

बढी असर पर्ने वर्ग

महिला, बालबालिका, रैथाने बासिन्दा, आप्रवासी, असक्त र जोखिममा परेका व्यक्ति । विकास असमानता (Development disparities), खाद्य सुरक्षा र कृषि उत्पादन (Food security & ag. production),खानेपानी तथा जलाधार (सन् २०२५ मा १.८ अर्वलाई खानेपानीको प्रत्यक्ष अभाव हुने) (Water stress), उर्जा उत्पादन (Energy), जनस्वास्थ्य (Public health), पूर्वाधार (Infrastructure), जैविक विविधता (Biodiversity) आदि ।

समुद्रले वायुमण्डलको तापक्रम नियमित गर्छ

समुद्रको विशाल ताप ग्रहण क्षमता छ, ३ मि. गहिराईमा भए जति तापको मात्रा वायुमण्डलमा रहेकोे सम्पुर्ण ताप बराबर हुन्छ ।
विश्वमा बढेको तापक्रमको ८४ प्रतिशत समुद्रले लिएको छ ।
समुद्रले वायुमण्डलको ताप, बादल, वर्षा नियमित गर्न मुख्य भूमिमका खेल्छ  ।

जलवायु अनुकूलन

सम्भावित जोखिमसंग मिलेर जीवनशैली सहज बनाउन संरचना, कार्यप्रणाली र व्यवहार परिवर्तन गर्दै जाने विधि अनुकूलन हो ।
अनुकूलनका तीन तरिका, व्यवहारजन्य, मनोवैज्ञानिक, संगठनात्मक, उदाहरणका लागि जाडो भयो भने न्यानो कपडा लगाई न्यानो बनी जाडोसंग भिड्ने तयारी र क्रियाकलापका समस्त प्रक्रिया अवलम्वन गरिन्छ ।

जलवायु अनुकूलन किन

जीवन प्रणालीमा जोखिम बढ्यो, खानेपानी र जलाधारमा संकट बढ्दै गयो, खाद्य असुरक्षा पनि बढ्यो, कलिला पहाड र हिमालहरु जेखिममा परे, जैविक विविधता विनास भयो, जनस्वास्थ्य विग्रदै गयो ।

जलवायु अनुकूलनका विधिहरु

प्रविधि अवलम्वन (जस्तो कि भकम्प प्रतिरोधी, विपद प्रतिरोधी घर), पानी उपयोगमा किफायतीपन, जलाधार संरक्षण, पूर्वसूचना प्रणाली स्थापना, जोखिम व्यवस्थापन, वीमा कार्यक्रम, जैविक विविधता संरक्षण, जलवायु समुत्थान विकास, बृक्षारोपण, व्यवहारगत प्रबृत्ति परिवर्तन, यी सवै कामका लागि जनचेतना ।

जलवायु परिवर्तन नीति २०७६ का प्रमुख क्षेत्र

कृषि तथा खाद्य सुरक्षा, बन तथा जैविक विविधता, जलस्रोत तथ उर्जा, ग्रामीण तथा शहरी विकास, उद्योग, यातायात तथा भौतिक पूर्वाधार, पर्यटन तथा प्राकृतिक र सांस्कृतिक सम्पदा, स्वास्थ्य, खानेपानी र सरसफाइ, विपद जोखिम न्यूनीकरण, अन्तरसम्बन्धित विषय क्षेत्र:

(क) लैगिकता, समावेशिता र जिविकोपार्जन, (ख) जनचेतना अभिबृद्धि, (ग) अनुसन्धान तथा प्रविधि विकास, (घ) जलवायुवित्त व्यवस्थापन) ।

सहकारी अभियानको भूमिका

जलवायु परिवर्तनको परिमाण, घनत्व, आयतन र प्रभावस्तर फरक भएपनि कुनै पनि मुलुक र समुदाय यसको असरबाट मुक्त छैन ।
नीति, प्रविधि, लगानी र नियमनले मात्र जलवायुमैत्री समुदाय निर्माण गर्न सकिदैन । सामाजिक संस्था र सामाजिक परिचालनको भूमिका महत्वपूर्ण हुन्छ ।
सहकारीहरु स्थानीय ज्ञानका पहिला संस्था हुन्, समुदायसंग नजिक मात्र होइनन्, समुदायकै अभियान भएकाले समुदायमा पर्ने असरसंग जानकार रहन्छ ।
सहकारीमा सदस्यको क्षमतागत विविधता रहन्छ । जसलाई उपयोग गरेर उनीहरुकै हित गर्न सकिन्छ ।
जलवायु परिर्वनमैत्री (Resilient) समाज निर्माणका लागि न्यूनीकरण, अनुकूलन र क्षमता विकासमध्ये नेपाल जस्ता मुलुकमा पछिल्ला दुईको महत्व बढी छ ।
यस्ता कार्यहरु स्थानीय संलग्नतामा (Top Down approach)मा चाहिन्छ । सहकारी त्यसका संवाहक हुन् ।
जलवायु परिवर्तन कार्यसूची निर्माण र वार्ता मञ्चका रुपमा सहकारी ।
समुदायमा आधारित अनुकूलनको अगुवाई गर्न सक्छ ।
सहकारीले स्थानीय सरोकारको भावनालाई परिचालन गर्नसक्छ ।
सरकारी संरचना र सदस्य सरोकारको पुल बन्न सक्छ ।
जलवायु सचेतना विस्तार गर्न सक्छ ।
जोखिम चित्रांकन (Risk mapping) गर्न र त्यसलाई संवोधन गर्ने रणनीति बनाउन सक्छ ।
जलवायु नियमन खाका कार्यान्वयनमा सहयोग गर्न सक्छ ।
स्थानीय अनुकूलन योजना सञ्चालन गर्नसक्छ । जस्तो कि (Ecosystem service management) 
जलवायु परिवर्तनको Smart response गर्नसक्छ ।
सहकारी दक्षता बढाउन सक्छ ।
Multi-tiers-multi-stakeholders institutional framework  बनाउन सक्छ ।
सर्वोच्च अदालतको २०७५ पौष १० को आदेश कार्यान्वयनमा सहयोगी ।
सहकारी संलग्न हुनसक्ने अनुकूलनका प्रत्यक्ष क्षेत्रगत कार्यक्रमहरु
कृषि तथा खेती व्यवस्थापन ।
बन व्यवस्थापन ।
जलाधार संरक्षण ।
बैकल्पिक उर्जा ।
पर्यावरण व्यवस्थापन ।
यी सवै क्षेत्र न्यून कार्वन उत्सर्जनका क्षेत्र हुन् ।
यी क्षेत्रहरुमा संलग्न रहने सहकारीले जलवायु वित्त परिचालनमा पहूच पाउनु पर्छ ।
जलवायु परिवर्तन अनुकूलनका कार्यक्रमहरुको स्थानीयकरण गर्ने सामथ्र्य सहकारीसंग छ ।

(सचिव: मैनालीले राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको कार्यक्रममा प्रस्तुत कार्यपत्रबाट सम्पादित गरिएको )




Leave a comment