सहकारीमा ‘आत्मियता’को खडेरी 

सहकारीमा ‘आत्मियता’को खडेरी  :: Sahakari Akhabar

कवीबर माधव घिमिरेले प्रेम गरिन्छ कि प्रेम हुन्छ भनेको जस्तो आत्मियता हुन्छ कि गरिन्छ भनेर सोधनी गर्न मन लाग्दछ । मलाई जहाँ सम्म लाग्दछ आत्मियता भन्ने अन्तरआत्मा देखिनै आँउने विषय हो र यसमा रमाऊन सक्दा जिवनमा छुट्टै उर्जा मिल्दछ र असल सहकारीकर्मीमा आफूलाई पहिचान बनाऊन पनि सकिन्छ.........।

- शिव अधिकारी

shivaadhikari207@gmail.com

सहकारीका सैद्घान्तिक, प्राविधिक बिषयहरुमा अहिलेका पुस्ताहरु धेरै जानकार रहेको पाईन्छ, यस सँग सम्वन्धित राष्ट्रिय एवं अन्तराष्ट्रिय सहकारी विज्ञहरुद्घारा लिखित पुस्तकहरु, बिभिन्न प्रकशानहरु र अहिलेको विकसित सूचना प्रविधि, तालिम तथा गोष्ठी र सहकारीको अवलोकन भ्रमणको कारणले गर्दा तर सहकारी भित्र रहेको आत्मियता बुझ्न धेरै कठिन छ किनकि न त्यो पढेर बुझिन्छ, न त्यो कुनै वेभ साईट तिर पाएर ल्याए अव प्रयोग गर्दछु भनेर जानिन्छ अथवा मलाई फलानोले यसो भनेको थियो त्यसैले मैले यसो गरे भन्न । किन भन्दा उचालेको कुकुरले मृग मार्देन हामि सबैलाई थाहा भएकै कुरा हो । एक जना विज्ञले भन्नु भएको थियो commitment comes from heart but not mouth भनेझै यो आत्मियता भन्ने चिज अन्तरआत्म देखिनै आउनु पर्दछ जसले आफ्नो जिवनमानै सकारात्मक उर्जा दिन सकोस र आफूलाई एक अशल व्याक्तिको रुपमा पहिचान दिन पनि सकोस ।

मैले जव सहकारी क्षेत्र भित्र २०५१ साल कार्तिक ३ गतेबाट प्रवेश गरे तव देखि मैले सहकारी क्षेत्रलाई र त्यस भित्र रहेको आत्मियतालाई मैले घर परिवार, समाज, राजनैतिक आस्था लगायत हरेक क्षेत्रबाट एक तह माथि रहेर कार्य गरे जो मेरोलागि अमूल्य गहना रहेको थियो । म सँग यस सँग सम्वन्धित धेरै असल अभ्यासहरु छन् एक पटक तत्कालिन राष्ट्रिय सहकारी महासंघ लि. का अध्यक्ष श्री केशव बडाल वरिष्ठ उपाध्यक्ष श्री मिनराज कडेल लगायतका सहकारी नेतृत्व सोलुखम्वु जिल्लामा सहकारीको कार्यक्रममा जानु भएको र उक्त कार्यक्रम समापन पश्चात सहभागीहरु घर तर्फ फर्कदा ट्याक्टर दुर्घटना भई करिव २-३ जना सख्त घाईते भएको समाचार प्राप्त हुन साथ मैले तुरुन्तै मिनराज कडेल सरलाई फोन गरे र उहाँबाट वृस्तित जानकारी पाए ।

अनि मैले भने म हेलिकप्टर पठाईदिन्छु घाईतेको उद्घार गर्न पैसाको कुरो केही ठूलो भएन हजुर म साथिभाईहरु सँग १, २ दिनमा उठाएर एयरलाईन्सलाई दिनेछु, अहिले उधारोमा पठाऊदछु एयरलाईन्समा चिनजान छ भने उहाँले भन्नु भयो २ बजे यती जहाज आऊछ भनेका छन अध्यक्षज्यू (केशव वडाल सर ) अनि म र घाईतेहरु एयरपोर्टमानै छौं सिडिओ साहेव सँग पनि कुरा भएको छ यदि जहाज नआउने भयो भने त्यसपछि सल्लाह गरौंला भन्नु भयो ।

सहकारी भित्रका सञ्चालकहरु, कर्मचारीहरुमा बिलशितामा ध्यान पुग्न गयो भने सहकारी भित्र एक रति पनि आत्मियता हुदैन, जहाँ आत्मियता हुँदैन त्यहाँ अरु जे भएपनि कुनै राग हुदैन । हालैको दिनमा एकले बोलेको कुरा अर्कोले काटनुपर्ने, उ भन्दा म ठूलो हुँ भन्नु पर्ने, तमोगुणको भावना, खानपान स्वभाव र चरित्रमा नास हुँदै गएको पनि कै कतै देखिएको छ ।

म अफिसको सबै काम छोडेर उहाँ सँगको सम्पर्क र यता मेरा अनन्य मित्र सिभिल एयरलाईसन्का हवाई शुरक्षा प्रमुख श्री कृष्ण बहादुर थापा सर सँग फोनमा हेलिकप्टर म्यानेजको लागि बसेको थिए । दुवै तिर अपडेटमा भई रहेको र मिनराज सरले फोन गर्नु भयो शिवजी जहाज आईपुग्यो हामि घाईतेहरुलाई पनि त्यहि जहाजमा लिएर काठमाण्डौ आऊदैछौं । तत्पश्चात आहा बल्ल सन्तोसको शास फेरें । वास्तवमा यो काम ऊहाँहरुले गर्न सक्नुहुन्न भनेर मैले चासो राखेको पनि होईन । कुनै पुरुषार्थ देखाऊन पनि खोजके होईन तर यस्तो असहज अवस्थामा ऊहाँहरु के गरौं कसो गरौं भनेर अलतालिएको हुनुहुन्छकि भनेर मेरो अन्तर आत्मदेखिनै यस कामका लागि समन्वय गर्न मन लागेको हो ।

त्यसै गरी अर्को बिर्सन नसक्ने घटना छ, डाँफे साकोस झापाका अध्यक्ष श्री तुलाराम न्यौपाने सरको नेतृत्वमा उक्त संस्थाको सहकारी अवलोकन भ्रमणको लागि मैले टेलिफोन मार्फत समन्वय गरेको र उहाँहरुलाई सिन्धुपाल्चोकको तातोपानी हुँदै जिरी जाने कार्यक्रम बनाएको र सिन्धुपाल्चोक रहँदा २०७२ साल बैशाख १२ को भुकम्प गएको र उहाँहरु अत्यन्तै जोखिममा रहेको जानकारी प्राप्त भएको र उहाँहरुलाई धेरै क्षेत्रका मानिसहरुसँग समन्वय गरी बैशाख १५ मा मात्र काठमाण्डौंमा उद्धार गर्न सकेको र सो साँझ तिनकुने स्थित एक पार्टी प्यालेशमा उहाँहरु सहित नेफ्स्कूनका श्रदेय अध्यक्षज्यू लगायत हामिहरुले बन्दामा पानि राखेको तरकारी र कमशल खालको चामलको खाना खादा यति रमाईलो भयो कि सानुमा दशैंमा पनि त्यति रमाईलो भएको थिएन ।

अनि एक आपसमा दुखको अनुभुति साटदै उहाँहरुलेनै रिजर्भ गरेको बसमा रात्रि समयमा वाई वाई भनेर हामि आ आफ्ना चौरीको बाँसतिर मोडिएको याद आऊदछ । वास्तवमा के के व्यहोरियो देखियो यि सबै मेरालागि अत्यन्तै बिर्सन नसक्ने र दुख भित्र लुकेको सुख जस्तो लाग्दछ । आपत, विपद् परेका जो सुकै कर्मचारी परिवार, सहकारीकर्मी वा सामान्य जो सुकै होस नेफ्स्कून भित्र छिरेपछि जे सकिन्छ मैले पहिला आफ्नो गोजिबाट निकाल्ने र तत् पश्चात सबै कर्मचारीहरु सँग स सानो सहयोग मागेर अनि दिएर पठाऊथे यस कार्यमा मलाई कुनै पनि कर्मचारी साथिहरुले हार्नु भएन र मैले वास्तवमा कसैको दुख पनि हेर्न सक्दिन र कार्यालयमा रहँदा, आफ्नो घरमा रहँदा आफ्नो जिल्लामा जाँदा वा अन्य जुनसुकै ठाँऊमा जाँदा पनि सहयोगको भावना पलाएर आँऊछ ।

विपद्को बेलामा जहाँ क्षति भएको छ त्यस ठाँऊमा अन्य सहज ठाँऊमा फोन गरेर सहयोग पुर्याउने काम पनि प्रशस्त गर्ने अवसर मिल्यो र आर्थिक सहयोग जुटाऊने र त्यसको उचित प्रयोग गर्ने अवसर पनि यथेष्ठ प्राप्त गर्न सके  । सामान्यतय २-४ हजार देखि बिशेष सहयोग पुर्याउने ५-७ लाख सम्म रकम संकलन गर्ने कार्य मेरो लागि कुनै असहजको बिषय पनि थिएन र त्यस्तो कार्य गर्दा बिषेश आनन्द आऊथ्यो ।

रसुवाका एक दुर्गम भेगमा बुवाले लिएको सानो ऋण तिर्न नपाऊदै बुबा आमाको मृत्यु भएको र तीन सन्तान १३ वर्ष, ८ वर्ष र ५ वर्षका बालखाहरु साहुको घरमा बाँधा बसेको र सो विषय कान्तिपुर दैनिक पत्रिकामा छापिएपछि नेफ्स्कूनले तिनीहरुलई स्थापना दिवसमा काठमाण्डौंमा नजिकको अभिभावक सहित झिकाएर खाने, बस्ने, आऊने, जाने र उक्त साहुको ऋण रकम तिरिदिएर छुटकारा दिलाऊने काम समेत गरिएको दिनहरु मेरो मानस पटलमा झलझली आई रहेको छ ।

नेफ्स्कूनमा करवि १५ वर्ष पहिले दुर्गम क्षेत्र बिकास कोषको स्थापान गरेका थियौं Nepal Credit Union Development Foundation (NECUDEF) त्यसको मुख्य श्रोत हामिले एक पटक मात्र रु १ लिने (आवद्घ सदस्य संस्थाका सदस्यहरुबाट संस्था मार्फत ) र त्यो कोषबाट आर्जित रकमको व्याजबाट दुर्गम क्षेत्रमा सहकारी प्रवद्र्घन गर्ने कार्यक्रम रहेको थियो र पहिलो सहयोग हुम्ला बचत संघ लाई गरिएको थियो, यसैगरी रसुवाका एक दुर्गम भेगमा बुवाले लिएको सानो ऋण तिर्न नपाऊदै बुबा आमाको मृत्यु भएको र तीन सन्तान १३ वर्ष, ८ वर्ष र ५ वर्षका बालखाहरु साहुको घरमा बाँधा बसेको र सो विषय कान्तिपुर दैनिक पत्रिकामा छापिएपछि नेफ्स्कूनले तिनीहरुलई स्थापना दिवसमा काठमाण्डौंमा नजिकको अभिभावक सहित झिकाएर खाने, बस्ने, आऊने, जाने र उक्त साहुको ऋण रकम तिरिदिएर छुटकारा दिलाऊने काम समेत गरिएको दिनहरु मेरो मानस पटलमा झलझली आई रहेको छ ।

सहकारी भित्रका सञ्चालकहरु, कर्मचारीहरुमा बिलशितामा ध्यान पुग्न गयो भने सहकारी भित्र एक रति पनि आत्मियता हुदैन, जहाँ आत्मियता हुँदैन त्यहाँ अरु जे भएपनि कुनै राग हुदैन । हालैको दिनमा एकले बोलेको कुरा अर्कोले काटनुपर्ने, उ भन्दा म ठूलो हुँ भन्नु पर्ने, तमोगुणको भावना, खानपान स्वभाव र चरित्रमा नास हुँदै गएको पनि कै कतै देखिएको छ । यसतर्फ हामि स्वंयम सचेत भएनौ भने हामिले यसपछिका पिढिहरुलाई के सल्लाह र मार्गनिर्देशन दिने छौं, एक पटक ठन्डा दिमागले सोच्न आवश्यक पर्दछ ।

एक अर्कोको सुुखमा रमाऊने र दुखमा पिडा बाढन आतुर हुनेनै आत्मियता हो । जव सम्म यस मर्म भित्र प्रवेश गर्देनौ तव सम्म हामि सहकारीको सदस्यता त  रहौंला तर सहकारी भित्रको आत्मियता छ रहला कहाँ  ? यलभ ायच बिि, ब्िि ायच यलभ  भनेर विश्वको सबैभन्दा पहिलो बचत तथा ऋण सहकारी संस्थाको साईनबोर्डको माथिल्लो भागमा लेखिएको कुरा पनि जानकारीमा आएको छ ।

कवीबर माधव घिमिरेले प्रेम गरिन्छ कि प्रेम हुन्छ भनेको जस्तो आत्मियता हुन्छ कि गरिन्छ भनेर सोधनी गर्न मन लाग्दछ । मलाई जहाँ सम्म लाग्दछ आत्मियता भन्ने अन्तरआत्मा देखिनै आँउने विषय हो र यसमा रमाऊन सक्दा जिवनमा छुट्टै उर्जा मिल्दछ र असल सहकारीकर्मीमा आफूलाई पहिचान बनाऊन पनि सकिन्छ.........।




Leave a comment