Sahakari Akhabar

सहकारीकर्मी चन्द्र ढकाल ट्रेड युनियन कांग्रेसको सल्लाहकारमा नियुक्त

सहकारीकर्मी चन्द्र ढकाल ट्रेड युनियन कांग्रेसको सल्लाहकारमा नियुक्त :: Sahakari Akhabar

काठमाडौं । सहकारीकर्मी चन्द्रप्रसाद ढकाल नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रीय समितिको सल्लाहकारमा नियुक्त भएका छन् । राष्ट्रिय सहकारी महासंघका निवर्तमान संचाल ढकाल नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का वरिष्ठ उपाध्यक्ष हुन् । ढकाललाई नेपाल ट्रेड युनियन कांग्रेसले सहकारी विज्ञताका आधारमा सल्लाहकारमा मनोनित गरेको हो ।

ढकाल नेपाली कांग्रेस वित्त तथा सहकारी समन्वय विभागका सदस्य, नेपाली कांग्रेस नवलपरासीका जिल्ला सदस्य, नेशनल कोअपरेटिभ एलाइन्सका महासचिव हुन् । उनी महेन्द्र नारायण निधि अस्पतालका संचालक र नेपाल ट्रेड युनियन कांग्रेसको पूर्व उपाध्यक्ष रहिसकेका छन् ।



Leave a comment