कहीँ कतै ब्राण्डको नाममा साकोसको अस्मिता त बेचिदैछैन

कहीँ कतै ब्राण्डको नाममा साकोसको अस्मिता त बेचिदैछैन :: Sahakari Akhabar

हामीलाई हाम्रा बा, आमाले ६ महिना हुँदा दिएको भोटो अहिले लगाउन खोज्यो भने टाँउको बाट छिर्देन तसर्थ समय अनुसार ब्राण्डलगायतका कार्यक्रमहरुमा लैजादै वीत्तिय संस्थाहरुको दीगो विकास तर्फ उन्मुख हुनु पर्दछ तर व्राण्डको नाममा हाम्रा साकोसहरुका अस्मिता बेचिनुहुन्न ।

- शिव अधिकारी

हामिले साकोसमा कस्ता व्यक्ति सदस्य बनेको देख्न चाँहनु पर्दछ  ? पहिलो प्राथामिकता तपशिललाई हुन पर्दछ ।
. कुनै पनि वीत्तिय निकायमा पँहुच नभएका
२. घरवार विहिन, आवाज विहिन, छनौंट विहिन, शक्ति विहिन
३. बाणिज्य बैंक तिरको बाटो भएर हिंडदा बाणिज्य बैंकमा बसेका बन्दुक बोकेका शुरक्षा गार्ड देखेर तर्सने स्तरको व्यक्ति ।
४. दिनभरी भदौरे झरीमा खेत गोडेर घरमा आऊने र त्यही कपडा लाई यसो आगोमा सुकाएर त्यही कपडा लगाएर गुद्रीमा सुत्ने व्यक्ति 
५. केही गर्न सक्दछु भन्ने आँट भएको तर शिप र आर्थिक श्रोतमा पँहुच नभएको व्यक्ति ।

तत्पश्चात मात्र समुदायको हरेक आर्थिक र सामजिक स्तर भएका विभिन्न हैसियत कायम राख्ने व्यक्ति र व्यक्तित्वहरुमाँझ सहकारीले आफ्नो पँखेटा फिजाऊन पर्दछ । मैले भनेको छु र भन्ने पनि गर्दछु सहकारीले कति बचत उठायो, कतिको वासलात बनायो, कति सदस्य बनायो र कति जना कर्मचारी पाल्न सफल भएको छ भन्दा पनि कति गरिव, न्यून आय र बिपन्न बर्गमा सेवा पुर्याउन सफल भएको छ । त्यो तह र तप्काको आर्थिक उत्थान , सामाजिक हैसियत कायम गराऊन कति सफल भएको छ, त्यो महत्वपूर्ण कुरा हो ।

मेरो गाँऊमा एकजना ठूलो बुवा झारफूकको लागि अत्यन्तै नाम कहलिएको हुनुहुन्थ्यो । एकपटक एकजना छिमेकी गाँऊको गुरुङसेनी भाउजुले उहाँको नानीलाई ठूलो बुबाकहाँ देखाऊन ल्याउनु भयो । मेरा एक जना दाई पर्नेले लौ बाबुलाईत म हेरिदिन्छु भनेर नारी छाम्न थाल्नु भयो र यस्तो भएको हुनुपर्दछ भन्ने अनुमान गरेर भन्नु भयो । ठूलाबा, म अनि ति भाउजु दङ्ग परियो बाबु सिकिस्त भएको छ । तर भाऊजुले ठूलोबालाई भन्नु भयो हजुरले हेरिदिनु पर्यो ! अनि ठूलो बुबाले भन्नु भयो .....बाबुले हेरिसके मैले के हेरिदिन प¥यो ! भनेपछि भाउजुको आँखाबाट आँशु झर्यो । अव एक छिन बस नानी अरुलेनै बाबुको हात समाती सके पछि एकछिन नभई मैले हेर्न मिल्दैन भनेर राख्नु भयो । अनि केहिछिन पछि ठूलो बुबाले हेरेर झारफूक गरिदिनु भयो ।

धेरै वर्ष अगाडी प्रो पव्लिक अशल सासन कार्यक्रमका प्रस्तोता नारायण खडकाजीले एउटा कार्यक्रम राख्नु भएको थियो र जसमा सहकारी ठगी खाने.....भन्ने हेडिङ थियो (डिटेल मैले भूले) । शहरी क्षेत्रमा ०५८/०५९ सालमा त सहकारीले घरभाडा समेत पनि पाँउदैन थियो । धेरै समस्याहरु सँग लडदै, पडदै सहकारी अघि बढी रहेका छन् ।

यस्तै अहिले सहकारी खासगरी साकोस तिर जाँदा हामिले त बिना धितो ऋण दिएका छैनौ, नेफ्स्कूनको फलानो सरले भन्नु भएको विना धितो ऋण दिएको थाहा भयो भने तपाईहरुले व्राण्ड पाऊनु हुन्न । अनि मैले के बोल्ने ? टुलुटुलु हेर्ने शिवाय अरु के छ र ! मेरो सोच के हो भने, जनताको दुख सुखले जम्मा गरेको रकम बिना धितो लगानी गर्नु भनेको त हुदै होईन ।

तर माथि उल्लेखित तह र तप्काको लागि कुल ऋण लगानीको एक निश्चित प्रतिशत कसरी बिना धितो ऋण लगानी गर्न सकिन्छ र उनिहरुको जिवनस्तरमा कसरी परिवर्तन गर्न सकिन्छ भन्ने चिन्तन कसको ? नेपालका करिव ३५ हजार सहकारीले कम्तिमा आफ्नो कार्यक्षेत्रको ५० गरिव घर परिवारका मुलीहरु लाई उद्यमी बनाई बिना धितो ऋण दिएर उनिहरुको जिवनस्तर उकास्नु पर्दछ । यसो भएमा गरिवि न्यूनिकरण होईन निवारणनै हुन्छ । यो सोच सहकारीका लिडर देखि फिडर सम्म र सहायक स्तरको कर्मचारी देखि उच्च स्तरका अर्थात प्रवन्धक / प्रमुख कार्यकारी अधिकृत सम्मले मनन् गर्नै पर्दछ ।

 व्राण्डले सहकारीको मुल्य, मान्यता र सिद्धान्तलाई मनन गर्नु पर्दछ ब्राण्ड रिभाईज गराउनु पर्दछ । दुर दराजका संस्था देखि लिएर, सहकारीका असल अभ्यासकर्ताहरु, ब्राण्डमा सहभागी संस्थाहरु, सहकारी पत्रकारहरु र नीति निर्माणको तहमा रहेका र रहि सकेका विज्ञहरु समेत राखेर ।

ब्राण्ड आवश्यक छ, एक पटक ०५४ सालतिर तीन महिना जति म नेफ्स्कूनमा तालिम अधिकृत रहेको र देशका विभिन्न दातृ निकायका अधिकृतस्तरका कर्मचारीहरुको धुलिखेल, काभ्रेमा आयोजित कार्यक्रममा  सेसि नेपालको कार्यकारी निर्देशक डा.टोनीले नेपालको परिप्रक्ष्यमा शहरी क्षेत्रमा ५०० जना र ग्रामिण क्षेत्रमा १२५ जना सदस्य भएको सहकारी सक्षम हुन सक्तछ त्यसमा जोड दिनु पर्दछ,  मिहनतका साथ काम गर्नु भन्नु भएको थियो । उक्त तालिममा विष्णु कुमार श्रेष्ठ, प्रल्हादमान माली, नम्रता शर्मा  र जिमरम्यान लगायत प्रशिक्षक रहनु भएको थियो । आज आएर त्यो कुरा गरेर हुँदैन । हामीलाई हाम्रा बा, आमाले ६ महिना हुँदा दिएको भोटो अहिले लगाउन खोज्यो भने टाँउको बाट छिर्देन तसर्थ समय अनुसार ब्राण्डलगायतका कार्यक्रमहरुमा लैजादै वीत्तिय संस्थाहरुको दीगो विकास तर्फ उन्मुख हुनु पर्दछ तर व्राण्डको नाममा हाम्रा साकोसहरुका अस्मिता बेचिनुहुन्न ।

ब्राण्ड आवश्यक छ , यसको म्यानुयलमा बिशेष परिमार्जन गर्न आवश्यक छ तर हतारमा होईन र एक व्यक्तिलाई कन्सलटेन्ट नियुक्ति गरेर पनि होईन ।  व्राण्डले सहकारीको मुल्य, मान्यता र सिद्धान्तलाई मनन गर्नु पर्दछ ब्राण्ड रिभाईज गराउनु पर्दछ । दुर दराजका संस्था देखि लिएर, सहकारीका असल अभ्यासकर्ताहरु, ब्राण्डमा सहभागी संस्थाहरु, सहकारी पत्रकारहरु र नीति निर्माणको तहमा रहेका र रहि सकेका विज्ञहरु समेत राखेर ।

धेरै वर्ष अगाडी प्रो पव्लिक अशल सासन कार्यक्रमका प्रस्तोता नारायण खडकाजीले एउटा कार्यक्रम राख्नु भएको थियो र जसमा सहकारी ठगी खाने.....भन्ने हेडिङ थियो (डिटेल मैले भूले) । शहरी क्षेत्रमा ०५८/०५९ सालमा त सहकारीले घरभाडा समेत पनि पाँउदैन थियो । धेरै समस्याहरु सँग लडदै, पडदै सहकारी अघि बढी रहेका छन् । नेफ्स्कूनको अन्तरलगानी कार्यक्रमको शुरुवात गराउँदा पनि सेशी क्यानेडीयन गै.स.सले प्राविधिक सहयोग गरेर सबैलाई समेटेर गोष्ठी आयोजना गरेको अझ मलाई भन्दा नेफ्स्कूनका श्रदेय पूर्व अध्यक्षज्यूहरु आदरणिय स्व. भोजराज घिमिरे र मिनराज कंडेल सर बाहेक बिभिन्न जिम्मेवारीमा आफै उपस्थित रहेर कार्यान्वयनमा ल्याउनु भएको हो । यसमा नेफ्स्कूनका पूर्व सञ्चालक जो बिकू साकोसका प्रतिनिधि समेत हुनुहुन्छ श्री खेम सापकोटा उहाँले अझ वृस्तित सुनाउनु भएको थियो यो विषयमा  ।

लेखक : नेफ्स्कूनका पूर्व का.मु प्रमुख कार्यकारी अधिकृत हुन 




Leave a comment