Sahakari Akhabar

शिखर साकोसको चेकलेस नगद भुक्तानी सेवा सुरु

शिखर साकोसको चेकलेस नगद भुक्तानी सेवा सुरु :: Sahakari Akhabar

झापा । बिर्तामोडमा रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाले चेकलेस नगद भुक्तानी सेवा सुरु गरेको छ । संस्थाले सदस्यहरुका लागि प्रविधिको प्रयोग गरी सेवा छिटोछरितो बनाउन उक्त सेवाको सुरु गरेको हो । सदस्यहरुलाई प्रविधिमैत्री बनाउँदै प्रविधिको भरपूर उपभोगमा संस्थाले जोड दिएको छ ।

एसएमएस बैकिङ्ग, मोवाईल बैकिङ्गबाट बैंक ट्रान्सफर, वालेट लोड, लोड फन्ट, क्रेडिट कार्ड पेमेन्ट, कार्डलेस एटिएम, क्युआर भुक्तानी, खानेपानी, विजुलीको विल, इन्टरनेटको विल भुक्तानी, टिभीको विल भुक्तानी, इन्सुरेन्सको भुक्तानी, हवाई टिकट, सिनेमाको टिकट, व्यालेन्स जानकारी, ऋणको जानकारीलगायतका सेवा शिखर एम बैंकबाट दिँदै आएको छ ।

नगद कारोवारलाई कम गराउन डिजिटल कारोवारलाई प्रोत्साहन गरिएको संस्थाका अध्यक्ष दिपेन्द्र राउतले बताए । शिखर साकोसले सदस्यहरुलाई छिटो र छरितो कार्य सम्पादनका लागि चेकलेस कारोवार सुरु गरेको हो । चेक नहुँदा शिखर एप  प्रयोग गरी काउन्टरमा रहेको क्युआर कोड स्क्यान गरेर वा बजार प्रतिनिधिहरुसंग भएको क्यु आर स्क्यान गरेर सदस्यहरुले नगद लिन सक्ने व्यवस्था गरिएको संस्थाले जनाएको छ ।

क्युआर कोड स्क्यान गरी दिनमा एक लाख र प्रतिमहिना १० लाख रुपैयाँसम्म नगद निकाल्न सकिने छ । स्क्यान एण्ड विथड्र खाताबाट रकम झिक्ने नयाँ तरिकाले सदस्यहरुलाई सहज र छिटो हुने अध्यष राउतको भनाई छ ।



Leave a comment