Sahakari Akhabar

सहकारी महासंघद्धारा प्रस्ताव लेखन तालिम सम्पन्न

सहकारी महासंघद्धारा प्रस्ताव लेखन तालिम सम्पन्न :: Sahakari Akhabar

ललितपुर । राष्ट्रिय सहकारी महासंघको आयोजनामा प्रस्ताव लेखन सम्वन्धी दुई दिने भर्चुअल तालिम सम्पन्न भएको छ । ८ गते समापन भएको तालिममा महासंघका अध्यक्ष मीनराज कँडेलले सहकारी संघ ⁄ संस्थालाई सरकार, स्थानिय तह र गैह्र सरकारी संस्थासंग समन्वयमा काम गर्नको लागि प्रस्ताव लेखनको ज्ञान आवश्यक रहेको देखेर तालिम संचालन गरिएको बताए ।

उनले सामाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि सहकारीको महत्वपूर्ण भूमिका हुने भएकाले सहकारीले स्थानीय तह, गैरसरकारी संघ÷संस्थासँग हातेमालो गरेर अगाडी बढ्नुपर्ने धारणा राखे । साथै सहकारी संघ ÷ संस्थाले सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासकालागि ध्यानदिनु पर्ने बताए ।

तालिममा होम भण्डारीले परियोजना प्रस्ताव लेखनका विषयवस्तुहरु माथि सहजीकरण गरेका थिए । सगुन कृषि सहकारी संस्था सुनसरीका भोलाकाजी बस्नेत, हंस बहुउद्देश्यीय सहकारी संस्था चितवनका शारदा शर्मा पौडेल, तालिम धेरै लाभान्वितभएको बताए । तालिममा २१ जिल्लाका सहकारी संघ ⁄ संस्थाहरुबाट ३५जनाको सहभागिता रहेको थियो ।



Leave a comment