Sahakari Akhabar

सहकारी बैंकको स्थापना र १८ वर्ष प्रवेश

सहकारी बैंकको स्थापना र १८ वर्ष प्रवेश :: Sahakari Akhabar

दीगो सहकारी बिकास गर्ने दुरदृष्टी राखेको सहकारी बैकले देशभरका सहकारी संघ संस्थालाई बैकमा आवद्ध गराई नविनतम प्रबिधिको माध्यमबाट स्तर उन्नती गर्दै, बित्तिय सेवा तथा संस्थागत शुसासन कायम गर्न योगदान दिदै आएको छ । नेपालको संबिधानले मुलुकको अर्थतन्त्रका तीन खम्वा मध्ये सहकारीलाई एक प्रमुख खम्वाको रुपमा बिकास तथा बिस्तार गर्न नेतृत्वदायी भुमीका खेल्न राष्ट्रिय सहकारी बैक थप जिम्मेवार हुन आवश्यक आवश्यक छ

-सुर्यप्रसाद रिमाल
तालिम अधिकृत,राष्ट्रिय सहकारी बैक

सन्दर्भ : राष्ट्रिय सहकारी बैंकको १८ औं स्थापना दिवस

स्थापनाको पृष्ठभूमी 
नेपालमा सहकारी बैंकको स्थापना २०२० सालमा भएको हो । उक्त सहकारी बैक ४ बर्ष संंचालन भएपछी २०२४ सालमा कृषि बिकास बैंकमा रुपान्तरण भयो ।  नेपालमा हाल संचालीत नेपालको सहकारी क्षेत्रको एकमात्र राष्ट्रिय सहकारी बैंक लिमिटेडको स्थापना २०६० श्रावण असार २५ गते भएको हो, जसले गर्दा राष्ट्रिय सहकारी बैंकले आजको दिनलाई सहकारी बैकको स्थापना दिवसको रुपमा मनाउदै आएको छ ।

असार २५ गते संस्था औपचारीक रुपमा दर्ता भएता पनि यस बैकले २०६१ श्रावण १९ गते देखि औपचारीक रुपमा कारोवार शुभारम्भ गरेको थियो, जसले गर्दा यस बैंकले साउन १९ गते कारोवार शुभारम्भ दिवसको रुपमा समेत मनाउदै आएको छ । असार २५ गते पर्ने बैंक स्थापना दिवस बार्षिक खाताबन्दीको समयको कारणले गर्दा व्यवहारीक नभएकाले बैंकले केही बर्ष यता देखि स्थापना दिवसको सट्टामा साउन १९ गते पर्ने कारोवार शुभारम्भ दिवसका दिन औपचारीक कार्यक्रम गर्दै आएको छ । यसरी हेर्दा राष्ट्रिय सहकारी बैक स्थापनाको सत्रौ बर्ष पुरा गरि १८ औ बर्षमा प्रबेश गर्देछ ।

त्यसै गरी राष्ट्रिय सहकारी बैंकले २०६७ साउन १० गते नेपाल राष्ट्र बैकबाट सिमित बैकिंङ कारोवार गर्ने स्विकृती प्राप्त गरेको थियो । यस बैकले सहकारी संग सम्बन्धीत मान्यताप्राप्त अन्तराष्ट्रिय संघसंस्थाहरु जस्तै अन्तर्राष्ट्रिय सहकारी महासंघ ICA, एसियाली ऋण महासंघ ACCU, आप्राका APRACA, सिक्ट्याव CICTAB,  नेडाक NEDEC जस्ता अन्तराष्ट्रिय संघसंस्थाको सदस्यता लिई सहकारी क्षेत्रमा आधुनीक प्रबिधी र ज्ञान भित्रायाउन कृयाशिल रहेको छ ।

बैंकको बर्तमान अवस्था 
नेपालको सहकारी अभियानका सबै प्रकारका संंघ / महासंघ तथा ११ प्रकृतिका प्रारम्भिक सहकारी संस्थाहरु समेत गरि ११,९०२ सहकारी संघ / संस्थाहरु सदस्य रहेको यस बैकले देशको ७७ बटै जिल्लामा सदस्य बिस्तार गरिसकेको छ । बैकले बिभिन्न ३४ जिल्ला भरका ४४ बटा शाखा मार्फत सदस्य संस्थालाई सेवा प्रदान गरिरहेको छ । बैंकमा नेपाल सरकारको १ करोडको सेयर पँुजी समेत गरेर कुल सेयर पुँजी २ अर्व, बचत निक्षेप ३३ अर्व, कर्जा लगानी २२ अर्व रहेको छ ।

सहकारी बैकले गत आ.व.मा खर्च कटाई ६८ करोड शुद्ध बचत (नाफा) आर्जन गर्न सफल भएको थियो । सातवटै प्रदेशका प्रारम्भीक सहकारी संस्थाहरु, बिषयगत जिज्ला संघहरु, जिल्ला संघहरु, केन्द्रिय संघहरु, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बिकास बोर्ड तथा नेपाल सरकारको समेत शेयर स्वामित्व तथा कारोवार रहेको छ । भर्खरै मात्र बैकलाई २४ बटा नयाँ शाखा थप गर्न नेपाल राष्ट्र बैकले स्विकृती प्रदान गरेको छ, अव निकट भविश्यमा यस बैकले ६८ शाखाहरु मार्फत सेवा प्रदान गर्नेछ ।

राष्ट्रिय सहकारी बैंकका कार्य तथा सेवाहरु :
१.बित्तिय सेवा : सहकारी संघ संस्थाको आवश्यकता अनुसार बिभिन्न किसिमका बचत तथा कर्जाका सेवाहरु, बिप्रेषण सेवा, बैक जमानत तथा बिभिन्न रिचार्ज सेवाहरु, बिल भुक्तानी सेवा, इन्टरनेट बैकिंङ, एटिएम जस्ता बित्तिय सेवाहरु सदस्य संघ / संस्थाहरुलाई उपलब्ध गराउदै आएको छ ।

२. सहकारी शिप तथा क्षमता अभिबृद्धि कार्यक्रम : यस बैकले सहकारीकर्मी संचालक तथा व्यवस्थापनको क्षमता समयानुकुल बिकास गर्दे लैजानका लागि आधारभुत स्तर, मध्यमस्तर तथा उच्च स्तरका बिभिन्न तालिम प्रदान गर्दै आएको छ । यसका साथै बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शिक्षा तथा तालिम कार्यक्रममा समेत सदस्य संस्थाहरुको सहभागीता गराउदै आएको छ ।

३.सहकारी मैत्रि कानुनी बातावरण निर्माण : नेपालको सहकारी अभियानलाई व्यवस्थीत गर्नका लागि आवश्यक उपयुक्त कानुनी बातावरण नीर्माण गर्न सम्बन्धीत निकायमा पहलकदमी गर्ने कार्यमा यस बैकले नेतृत्वदायी भुमिका खेलेको छ । सहकारी ऐन तथा कानुन मात्र नभई अन्य ऐन कानुनका कारणले सहकारीलाई उत्पादन तथा व्यवसायीकरण तर्फ जोडन देखिएको बिभिन्न जटिलताहरु हटाउन कानुनमा गर्नुपर्ने संशोधनका लागि यस बैकले पहलकदमी गरिरहेको छ ।

४. दीगो बिकास लक्ष्य प्राप्ती तथा सामाजीक उत्तरदायित्व : यस बैकले संयुक्त राष्ट्रसंघद्धारा जारी दिगो विकास लक्ष्य प्राप्तीका लागि गरीबी निवारण, भोकमारीको अन्त्य, मर्यादित काम, जलवायु संरक्षण, लैङगीक समानता जस्ता बिषयहरुमा बिविध कार्यक्रमहरु संचालन गरिरहेको छ, साथै महाभुकम्प, बाढी पहिरो तथा अन्य प्राकृतिक प्रकोप, कारोना महामारी जस्ता समयहरुमा सामाजीक उत्तरदायीत्व निर्वाह गर्दै आएको छ ।

५. सहकारी स्तरीकरण कार्यक्रम : सदस्य संघ संस्थाहरुको गुणस्तर सुनिश्चितताका लागि यस बैकले सहकारी स्तरीकरण कार्यक्रम संचालमा ल्याएको छ । यस कार्यक्रम अन्र्तगत निर्धारीत निश्चीत मापदण्डहरुमा संस्थागत मुल्यांकन गरी ब्राण्ड प्रदान गर्ने गरिन्छ । अहिले बैकले स्तरीकरणको CARE कार्यक्रम संचालन गरिरहेको छ, यस कार्यक्रममा संस्थाको स्थलगत अनुगमन गरी गुणस्तर सुधारका लागि आवश्यक प्राबिधिक सहयोग उपलब्ध गराइन्छ । बैकमार्फत अन्तर्राष्ट्रिय स्तरको स्तरीकरण कार्यक्रम समेत संचालन गर्ने कार्यक्रम रहेको छ ।

६.सम्मान तथा पुरस्कार : यस बैकले सहकारी अभियानमा महत्वपुर्ण योगदान पुर्याउने सहकारी संघ÷संस्था तथा व्याक्तित्वहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ । यसले सहकारी अभियान सहि दिशातर्फ केन्द्रित गर्न सकरात्मक प्रभाव पारेको छ ।
नेपालको संबिधान २०७२ मा सार्वजनीक, नीजि र सहकारी क्षेत्रको सहभागीता र स्वतन्त्र बिकास मार्फत राष्ट्रिय अर्थतन्त्र सुदृण गर्ने कुरा उल्लेख छ । संविधानको यसै भावना अनुसार राष्ट्रिय अर्थतन्त्रलाई सुदृण बनाउन सहकारी क्षेत्रको भुमिका तथा योगदानलाई उल्लेख्य रुपमा बृद्धि गर्न गराउन बैक कृयाशिल रहेको छ ।

बैंकका अवसर तथा चुनौतिहरु
नेपालको सहकारी अभियानलाई बिचार र कृयासिलताका हिसाबले नेतृत्व गरिरहेको यस बैकका केही अवसर तथा चुनौतीहरुलाई निम्नअनुसार उल्लेख गर्न चाहान्छु ।

१. अझै पनि देशका धेरै जिल्लाहरुमा सहकारी बैंकको सेवा प्रभावकारी रुपमा पुग्न नसकिरहेको अवस्थामा देशका सबै क्षेत्रका सबै सहकारीहरुले बैंकबाट प्रभावकारी सेवा प्राप्त गर्नसक्ने अवस्था सृजना गराउने ।

२.  नेपालको सहकारी अभियानको एक मात्र बैक भएको कारणले गर्दा नेपाल सरकार तथा नेपाल राष्ट्रिय बैकले उपलब्ध गराउने सहुलीयत दरको कर्जा लिई सदस्य सहकारी संस्था हुदै सहकारीका सदस्यहरु लाई उत्पादनशिल क्षेत्रमा लगानी गरि सहकारी मार्फत लाखौ सदस्यहरुको आर्थिक संमृद्धिमा भुमिका खेल्दै सर्बसाधारण जनतामा सहकारीक्षेत्र प्रतिको बिश्वास तथा सम्बन्धलाई बलियो बनाउने ।

३. सहकारी ऐनलाई समयासापेक्ष परिर्वतन गर्न तथा सहकारी मैत्रि अन्य कानुनहरुको निर्माण गर्न  तथा सहकारीमा रहेको कर सम्बन्धी व्यवस्थालाई प्रश्ट र सहकारीमैत्रि बनाउन सहकारी अभियानमा नेतृत्वदायी भुमिका खेल्ने ।

४. नेपाल सरकारले सर्वसाधारणलाई उपलब्ध गराउने सामाजीक सुरक्षा भत्ता तथा अन्य अनुदानहरु सहकारी मार्फत सहज रुपमा लक्षीत समुदाय सम्म पुर्यान सकिने हुनाले सरकारसंग समन्वय गरी सहकारी बैक मार्फत रकम बितरणको व्यवस्था मिलाउने ।

५. सहकारीले प्रदान गर्ने बित्तिय सेवामा प्रबिधिको प्रयोगलाई व्यवस्थीत गराउन सहकारीलाई राष्ट्रिय भुक्तानी प्रणालीमा प्रबेश गराई सहज रुपमा बिधुतीय भुक्तानी हुने व्यवस्था मिलाउने, जसका लागि बैकलाई क्लियरीङ हाउसको सदस्य बनाउने ।

अन्त्यमा 
नेपालको सहकारी अभियानलाई बिश्व जगतमा परिचित गराउने तथा अन्तराष्ट्रिय असल अभ्यासहरुलाई मुलुक भित्र ल्याई सहकारी संघ / संस्थाहरुलाई हस्तान्तरण गर्ने तथा कार्यान्वयनमा सहजीकरण गर्ने काम यस बैंकले गर्दे आएको छ । दीगो सहकारी बिकास गर्ने दुरदृष्टी राखेको सहकारी बैकले देशभरका सहकारी संघ संस्थालाई बैकमा आवद्ध गराई नविनतम प्रबिधिको माध्यमबाट स्तर उन्नती गर्दै, बित्तिय सेवा तथा संस्थागत शुसासन कायम गर्न योगदान दिदै आएको छ । नेपालको संबिधानले मुलुकको अर्थतन्त्रका तीन खम्वा मध्ये सहकारीलाई एक प्रमुख खम्वाको रुपमा बिकास तथा बिस्तार गर्न नेतृत्वदायी भुमीका खेल्न राष्ट्रिय सहकारी बैक थप जिम्मेवार हुन आवश्यक आवश्यक छ । सबैमा राष्ट्रिय सहकारी बैंकको १८ औं स्थापना दिवसको शुभकामना । 



Leave a comment