हामी ब्यवसायीक रुपमा अघि वढेका छौं, २०८० सालसम्म हामी यस केन्द्रलाई कृषि हवको रुपमा विकास गरेर सहकारी मार्फत नमुना काम गरेर देखाउने छौं, सहकारी कानुनको सहजता भएको अवस्थामा
भक्तपुर । बाँकेको बैजनाथ गाँउपालिका वडा नम्वर १ मा संचालन भइरहेको कृषि अनुसन्धान केन्द्र, उत्पादन सहकारीकालागि पाठशाला भएको छ । २२ बिगाह क्षेत्रफलमा फैलिएको उक्त केन्द्र, सहकारीले संचालन गरेको हो ।
भक्तपुरको शिव शिखर कृषि सहकारीद्धारा संचालन भएको कृषि अनुसन्धान केन्द्र, सहकारीको माध्यामबाट उत्पादन र बजारीकरणको पाठशाला नै भएको छ । ६५ जिल्ला कार्यक्षेत्र रहेको संस्थाले, सहकारी मार्फत उत्पादन, बजारीकरण र कृषि उपज विक्रीवितरण गर्न कृषि अनुसन्धान केन्द्रको स्थापना गरेको हो ।
दुई करोड लागत खर्च भइसकेको अनुसन्धान केन्द्रले कृषकलाई बीउ उत्पानकालागि तालिम दिने, बीउ विजनको अनुसन्धान गर्ने, कृषि उपज उत्पादन, कडक र स्थानीय जातका कुखुरा पालन र माछा तथा विभिन्न जातका बाख्रा पालन गरीरहेको छ । २०८० साल सम्म अनुसन्धान केन्द्रलाई नमुना कृषि पर्यटन क्षेत्र बनाउने लक्ष्यका साथ लागीपरेको संस्थाका क्षेत्रिय प्रवन्धक चेतन न्यौपानेले बताए ।
मूल बीउ उत्पादन
संस्थाले उन्नत जातको मूल बीउ उत्पादन गरी राष्ट्रिय बीउ बिजन केन्द्र नेपालगञ्जलाई दिने गरेको छ । संस्थाले २०७३ साल देखि धान, गहुँ र मुग दालको मूल बीउ उत्पादन गरीरहेको छ ।’
बाख्रा पालन
संस्थाले विभिन्न जातका बाख्रा पालन पनि गरिरहेको छ । एक वर्ष अघि जमुनापारी, सिरोही, तोतापारी र स्थानीय जातका गरी २५० वटा बाख्रा पालनबाट सुरु गरेको संस्थासंग अहिले ३ सय वटा बाख्रा पुगेका छन् । साथै २०८० साल सम्म ५ हजार बाख्रा पुर्याउने र मासु प्रसोधन केन्द्र स्थापना गर्ने लक्ष्य रहेको न्यौपाने बताउँछन् । चरन क्षेत्रको अभावलाई मेट्न सुपरनेफियर जातको घाँसको खेती गरेको छ उनले सुनाए । स्थानीय बजारमा मासुको माग धेरै भएको पनि उनले बताए । बाख्रापालनमा प्राबिधिक अनी पशुरोग विषेशज्ञहरु समयमा पाउन मुस्किल रहेको उनको भनाई छ ।
कडकनाथ कुखुरा पालन
संस्थाले २०७५ सालदेखि कडकनाथ जातको कुखुरा पालन गरेको छ । यो कालो जातकोे कुखुरा हो । खसिको भन्दा यसको मासु महंगो भए पनि यसको मासुमा हाई क्यालोरी पाइन्छ, यसको मासु सेवनले धेरै थरी रोगकालागि औषधीको काम गर्ने भएकोले महंगो भएपनि यसको माग धेरै छ । उनले जोडीको ५ हजार रुपैंयामा विक्री हुने गरेको पनि बताए ।
३ वटाबाट सुरु गरेको कडक जातको कुखुरा अहिले फर्ममा ६२ वटा रहेको र ५ सय वटा पुर्याउने लक्ष्य रहेको क्षेत्रिय प्रवन्धक न्यौपानेले बताए । त्यस्तै संस्थाले लोकल कुखुरा पनि पालेको छ । अहिले ६ सयवटा लोकल कुखरा पालन गरिरहेको र यसलाई वृद्धि गर्दै लैजाने उनले बताए । उनले स्थानीय बजार ठूलो भएकोले माग धान्न ब्यवसायको आकार बढाउन लागिएको बताए । साथै संस्थाले खरायो तथा माछा पालनको योजना बनाएको र माछाकालागि पोखरी निर्माण कार्य भइरहेको जानकारी दिए ।
कागती र मेवा खेती
संस्थाले साढे तीन बिगाह जग्गामा कागती खेती सुरु गरेको छ । ५ हजार बिरुवा लगाइसकेको उनले जानकारी दिए । त्यसैगरी संस्थाले मेवा खेती पनि सुरु गरेको बताए । उनले भने, सरकारको कुनै सहयोग लिएका छैनौं ।
संहकारीबाट संचालित कृषि अनुसन्धान केन्द्रका मूल बीउ उत्पादनहरु राष्ट्रिय बीउबिजन केन्द्रलाई दिनु पर्ने र उसले भनेको मात्र उत्पादन गर्नु पर्ने भएकोले, सहकारीको पहिचान रहदैन, हामी सहकारीको उत्पादनको पहिचान दिन चाहन्छौं, कानुनी अड्चनका कारण सहकारीले ट्रेडमार्क पाउन सकेको छैन ।
यसमा सरोकारवालाहरुको ध्यान जान नसकेकोमा उनको गुनासो छ । सहकारीले बजार पाउँदा पाउदै पनि खुम्चिनु परेको उनको भनाई छ । सहकारीले बिचौलीयाको अन्त्य गरी सिधै उपभोक्ता संग जोडिन चाहेको हो, तर सहकारी कानुनको अभावमा उत्पादनको पहिचान गुमाउनु परेको छ ।
त्यसैले सहकारीहरु व्यवसायीक रुपमा उत्पादनमा जानसकेका छैनन् । उनले अव धानको मूल बीउ उत्पादनलाई छाडेर सुपर नेफियर घाँस उत्पादन तर्फ संस्थाको ध्यान गएको पनि बताए । उनले भने, यसको उत्पादन लागत पनि सस्तो, आम्दानी पनि हुने र यो घाँस पशुहरुकोलागि अती उपयोगी भएकोले संस्थाले यसको सुरुवात गरिसकेको छ ।
हामी ब्यवसायीक रुपमा अघि वढेका छौं, २०८० सालसम्म हामी यस केन्द्रलाई कृषि हवको रुपमा विकास गरेर सहकारी मार्फत नमुना काम गरेर देखाउने छौं, सहकारी कानुनको सहजता भएको अवस्थामा ।
Leave a comment