सिजनल सहकारीकर्मीका कारण सहकारीमा राजनिति हावी भयो

सिजनल सहकारीकर्मीका कारण सहकारीमा राजनिति हावी भयो :: Sahakari Akhabar

रामहरी केसी
अध्यक्ष : काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ, बनेपा

गैर सरकारी संस्थामा तालिम अफिसरका रुपमा कार्य गर्र्दा गर्दै सहकारीको कुरा सुनेका उनले ०४७ सालमा क्यानाडाबाट आएका प्रोफेसरले जनमूखी विकासका तालिममा सहकारीका कुरा गरेको हुनाले उनले पनि सहकारी पढेर तालिम दिन थाले । सहकारीको मास्टर भएपनि, पढेको मास्टरले नपढेको कुरा जान्दैन भने जस्तै ब्यबहारिक अनुभवकालागि ०५६ सालमा बुडोल सामुदायीक संस्था ६ जनाको ६ सय रुपैंयाबाट सुरु गरे । पछि त्यसैलाई सहकारीसंस्थाको रुपमा प्रारम्भ गरेर ब्यवहारिक ज्ञान लिएका उनी ०५८ सालमा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघमा संचालक सदस्य, त्यस पछि उपाध्यक्ष, र ०६५ सालदेखि हाल सम्म अध्यक्ष रहेका छन् ।  

नेफ्स्कूनमा शिक्षा उपसमितिमा रहेका केसीले संस्थापक सम्मान पाएका छन् भने आठौं गणतन्त्र दिवसका अवसरमा सहकारीमा प्रवल जनसेवाश्री पदक पाउने पहिलो ब्यक्ती बनेका छन् । उनीसंग सहकारी अखवारले वर्तमान सहकारीको अवस्था र ६३ औं राष्ट्रिय सहकारी दिवसको नारा  ‘मर्यादित श्रम र पर्यटनमा सहकारी ’ विषयमा केन्द्रित भएर गरेको कुराकानीको संम्पादित अंश ।

यस वर्ष ६३ औं राष्ट्रिय सहकारी दिवसको नारा मर्यादित श्रम र पर्यटनकालागि सहकारी राखिएको छ, यसलाई सहकारीले कुनरुपमा सम्वोधन गर्न सक्छ ?

विदेशमा गएर हामी जस्तोसुकै काम गर्न पनि तयार हुन्छौं, हामीहरुले देखेका छौं । त्यही काम गर्न हामीलाई हाम्रो देशमा मन लाग्दैन । त्यसको एउटै कारण हो श्रमको मूल्य । उच्च परिश्रम गरेपनि श्रमको उचित मूल्य भएका कारण मानिसहरु विदेशमा श्रम गर्न आकर्षित भएका हुन् । सहकारीको क्षेत्रमा पनि मर्यादित श्रमको कुरा गर्दा, श्रम ज्यादा पारिश्रमिक कम अनि मनिटरी भ्याल्यु पनि दिन नसकेकै स्विकार्नु पर्छ । तर सम्मान अनि भविश्य नभएको क्षेत्र भन्ने सोच हटाउनु पर्छ ।  सहकारी दिगो हुन्छ र भन्ने मान्यता गलत हो ।

हो यसमा अवसर र भविश्य दरो छ तर अहिलेको अवस्थामा कसले उपभोग गरिरहेको छ र कसले पाउने हो भन्ने चाँही प्रश्न उठाउनु पर्छ भन्ने लाग्छ । किनकी संचालककालागि विभिन्न वृति विकासका कार्यक्रम भएपनि, कर्मचारीका वृति विकासका काम नभएका हुनाले सहकारी प्रतिको अरुची हो । तर अहिले त्यो अवस्था छैन्, अहिले श्रम ऐन अनुसार अधिकांश सहकारीले श्रमको मूल्य दिन थालेका छन् भन्ने लाग्छ ।

सहकारीले रोजगारी सिर्जना गरेका छन् यसमा दुई मत छैन, तर रोजगारी सिर्जना गरेर मात्र हुँदैन । श्रम सिर्जना गरेर मात्र हुँदैन त्यसको सही मुल्याङ्कन पनि गर्नु पर्छ । श्रमले जिविकोपार्जन भएर मात्र हुँदैन, योगदानको कदर हुनु पर्छ । उसको जिवनका उर्जाशिल समय सहकारीकोलागि खर्चिएको छ भने, उसले स–सम्मान साथ जिवन भर बाँच्न सक्ने आधार पनि सहकारी हुनु पर्छ ।

३५ हजार सहकारीमा आवद्ध कर्मचारीहरलाई मर्यादित श्रमले कसरी सम्बोधन गरेको छ त ?

सहकारी भित्रको मर्यादित श्रमको मुद्दालाई मूल प्रवाहमा ल्याएर, ऐन कानुन बनाएर प्रत्येकलाई कानुन लागु गर्न बाध्य बनाउनु पर्छ । किनभने हामी असाध्यै छाडा छौं । सहकारी स्वतन्त्र हुन्छ भन्ने वित्तिकै जे पनि गर्न पाइन्छ भन्ने सोच छ तर होइन । सहकारीहरु आफ्नो ठाँउमा बस्न जान्नु पर्छ, राज्यले बनाएको कानुन मान्नु पर्छ ।

राज्यले पनि नियम बनाउने मात्र हैन, कडाइका साथ लागु गर्नु पर्छ । सहकारीका नेताहरुले प्रवद्र्धनात्मक काममा जोड दिनु पर्छ । राज्यले श्रम ऐन पालना गर्न लगाउने, कर्मचारी प्रशासन नियामावली बनाउन लगाउने र लागु गर्न राज्यले सक्छ, गर्नु पनि पर्छ ।  एकथरी सहकारीमा कर्पोरेट कल्चरको शुरुवात भएको छ ।

यसले सहकारीका कर्मचारीहरुको मात्र हैन, सहकारीमा निशुल्क तथा सशुल्क श्रमदान गर्ने संचालक समितिका विषयमा पनि आवाज उठाउन खोजेको हो । यदी संस्थाले कर्मचारीको श्रमको उचित कदर गर्यो भने स्वत संचालक समिति तथा उपसमितिको पनि श्रमको कदर हुन्छ भन्ने लाग्छ । अधिकांश सहकारीमा मध्यम वर्गिय मानिसहरु संचालकका रुपमा आएका छन् ।

उनीहरुले रोजी रोटीकालागि छुट्टै ब्यवसाय गर्नुपर्ने हुन्छ । छुट्टै ब्यवसाय गर्नुपर्ने भए पछि सहकारीलाई कम समय दिन्छन् । यदी सहकारीले संचालक समिति तथा उप समितिहरुले संस्थाकालागि गरेको श्रमको मूल्य दिने ब्यवस्था गर्यो भने अझ सहकारीप्रति आकर्षण हुन्छ । अहिलेत संचालकले निशुल्क समयको योगदान गरेका छन् । किनकी संस्थाप्रति संचालक समिति तथा उपसमितिहरु जिम्मेवार चाँही वढी हुनुपर्ने हुन्छ, भूमिका महत्वपूर्ण हुन्छ । राज्यले संचालकको श्रमको मूल्यको मापदण्ड तोकीदिनु पर्छ ।

सहकारीका कर्मचारीलाई तालिम शिक्षाको कमी छ, भएका तालिम शिक्षा संचालकले नेताको भाषणमा खर्च गरेका छन् । संस्थाको तालिम शिक्षा कोष संचालकले दार्जेलिङ र सिक्कम, नैनिताल र गोवा, थाइल्याण्ड भ्रमणमा सकेका छन् । सहकारीले मानव सम्साधन विकासकालागि खर्च गरेका छैनन्, दुरुपयोग भयो अनी कसरी गर्छन सहकारीमा गर्वको कुरा

सहकारीका कर्मचारी होस् अथवा संचालक, गर्वका साथ सहकारी काम गर्छु भन्ने दिन कहिले आउला ?

सहकारीलाई फितलो रुपमा हेरेको, महत्व दिन नसकेको चाँही हो । संचालक हरुले सहकारीलाई खरदारी पाराबाट चलाएको अवस्था पनि छ । सहकारीमा कर्मचारीको महत्व नवुझि आफै सर्वे सर्वा हुँ भनेर संस्था चलाएका पनि छन् । ब्यवस्थापनलाई स्वतन्त्र र नियमसंगत संस्था संचालन गर्न दिएका छैनन् ।

सवै कुरा संचालकले नियन्त्रणमा राख्ने पनि चलन छ । सहकारीमा अध्यक्षको कोठा, नेपाल सरकारका मुख्य सचिवको जस्तो क्याविन राखेर बस्ने, कर्मचारीलाई महत्व नदिने आफ्नो नियन्त्रणमा राख्नेले कर्मचारीको मर्यादित श्रमको कुरा हुन्न । सहकारीको व्यवसायीकताको विकास भइसकेको छैन् । कर्मचारीहरुको वृति विकासमा संस्थाले लगानी गर्न चाहेको देखिदैन । सहकारी मानव श्रोत उत्पादनमा मात्र केन्द्रित भए तर कर्मचारीको क्षमता विकासमा कहिल्यौ सोचेनौं ।

सहकारीका कर्मचारीलाई तालिम शिक्षाको कमी छ, भएका तालिम शिक्षा संचालकले नेताको भाषणमा खर्च गरेका छन् । संस्थाको तालिम शिक्षा कोष संचालकले दार्जेलिङ र सिक्कम, नैनिताल र गोवा, थाइल्याण्ड भ्रमणमा सकेका छन् । सहकारीले मानव सम्साधन विकासकालागि खर्च गरेका छैनन्, दुरुपयोग भयो अनी कसरी गर्छन सहकारीमा गर्वको कुरा । सहकारीका न संचालक विषय विज्ञ छन् न कर्मचारीलाई विषयको ज्ञान दिन र क्षमता वृद्धिमा सहकारीको लगानी भएको छ । जनशक्ती उत्पादन प्रसस्त भएको छ, तर दक्ष जनशक्ती उत्पादनमा सहकारीहरु चुकेका छन् । पछिल्लो समय बचत तथा ऋण सहकारी दक्ष जनशक्ती उत्पादनमा अगाडी देखिन्छ तर पनि आम मानिसको नजरमा सहकारीको इमेज कमजोर भएको हो ।

आम मानिसको वुझाइमा सहकारी प्रतिको सोचाइ कस्तो छ भन्ने लाग्छ ?

सहकारीका सदस्यले फरक संस्थाबाट फरक फरक खाले सेवा पाएका हुनाले सहकारी प्रति सदस्य अलमल छन् । किनकी सहकारी अन्य वित्तिय संस्था भन्दा फरक सेवा दिने संस्था हो तर, सदस्यलाई सहकारीले जति सेवा दिनु पर्ने हो त्यती दिएका छैनन् । जस्तो अन्य वित्तिय संस्थाबाट बचत र ऋण मात्रको कुरा हुन्छ भने, सहकारीबाट बचत तथा ऋणका अलवा विभिन्न कोषहरुको पनि उपयोग गर्न पाउनु पर्छ । तर सवै सहकारीले संस्थाका कोष लगाएतका सेवा सदस्यलाई नदिएका कारण पनि सदस्यहरुे सहकारी र बैंकमा फरक नदेखेका होलान । सवै सहकारीले सदस्यलाई कोषलगाएतका सेवाबारे राम्ररी बुझाउन र सवै सेवा दिन जरुरी छ ।

पर्यटन प्रवद्र्धनमा सहकारीले कस्तो भूमिका खेल्न सक्छ ?

प्रर्यटन प्रवद्र्धन लगाएतका विषयमा सहकारकिो भूमिका राज्यको जस्तै महत्वपूर्ण छ । पहिलोत यसै विषयका सहकारी गठन गरेर पनि सहकारी अघि वढ्न सक्नु पर्छ । भएका यसै उद्देश्यका सहकारीले पर्यटन प्रवद्र्दनका काम गर्नु पर्छ ।

त्यस्ता संस्थाले पर्यटनका सम्भावित क्षेत्रको अध्यायन गरी त्यहाँका पहिचानको प्रवद्र्धन हुनेगरी अन्तरिक र बाह्य पर्यटक भित्र्याउन सक्छ भने, वित्तिय वा अन्य सहकारीले पनि स्थानीय सहकारीका सदस्यहरुको उत्पादन, स्थानीय पहिचानका बस्तुहरुलाई एक अर्काविच सहकार्य गरेर आन्तरिक तथा बाह्य रुपमा पर्यटनमा महत्वपूर्ण भुमिका खेल्न सक्छ ।

हाम्रो संस्थामा वार्षिक रुपमा ६० / ७० वटा विभिन्न जिल्लाका सहकारीहरु भ्रमणमा आउने गरेका छन् । यसरी पनि सहकारीलाई पर्यटनसंग जोडेर आन्तरिक पर्यटन बढाउन सकिन्छ ।

कर्मचारीको श्रमको योगदानको कदर हुन थालेको छ । अवका दिनमा सहकारीले कर्मचारी तथा संचालक लगाएतका समितिहरुको श्रमदानको मूल्य, अन्य वित्तिय संस्थाको भन्दा बेटर हुन्छ । बजारले पनि सहकारीका कर्मचारी र संचालकलाई सम्मान ब्यक्त गर्ने छन् र हामीहरु पनि गर्वका साथ भन्न सक्ने छौं हामी सहकारीमा काम गर्छौ ।

ब्राण्डेड संस्थाहरु अव अरु संस्थाहरुसंग प्रतिश्पर्धा गर्ने भन्दा, अरुको निम्ति उदाहरणिय संस्था भएर बस्नु पर्ने हैन र ?

हो, त्यसैले हामी अहिले जिल्ला / जिल्लाबाट अध्यान गर्न आउने सहकारीकर्मी तथा संस्थाहरुलाई सहकारीमा राम्रो अभ्यास सिकाउँदै छौं । हाम्रोमा अध्यान भ्रमणमा आउनेहरुकोलागि हामी सहकारीको पाठशाला भएका छौं । हामीलाई खुसी लागेको छ । यहाँ भ्रमणकालागि मात्र आएका छैनन्, सिक्नकालागि पनि आएका छन्, हामीले सहकारी सिकाएर पनि पठाउँछौं ।

पक्कै पनि हामी जस्ता संस्थाहरु अव अरु संस्थाहरुकोलागि उदाहरण बन्नु पर्छ । हामीले हाम्रो संस्था संचालन प्रविधि, र प्रकृया, कुनै संस्था संचालनकालागि आबश्यक परेर उसलाई सहयोग गर्नुपर्यो भने पनि हामीले दिनेगरेका छौं । हामीलाई थाहा छ पहिलो पुस्ताले सिकेको कुरा दोश्रो पुस्तालाई हस्तान्तरण गरेन भने सहकारीको विकास हुँदैन । किनकी हामीले विदेशको सहकारी मोडलको सपना देखेका छौं, त्यस्तै बनाउने हाम्रो सपना छ । सहकार्य विना सहकार्य चल्दैन यसलाई सहकार्य मार्फत वीन वीन गेम बनाउनु पर्छ ।

सहकारी राजनितिलाई कसरी हेर्नु भएको छ ?

सहकारीका केन्द्रिय संघहरुमा विषेशतः कसको मान्छे कहाँ लाने र कसको मान्छे फाल्ने भन्ने घिनलाग्दो राजनिति छ । संघहरुमा राजनितिक पार्टीको प्रतिश्पर्धा भएको छ । मिलाएर लान पनि प्रतिस्पर्धा, चुनावमा जान पनि पार्टीकै प्रतिश्पर्धा । यती सम्मकी सहकारीको कोटाबाट विदेश जान पनि पार्टीको मान्छे हो हैन, कुन पार्टीको मान्छे लाने भन्ने प्रतिश्पर्धा हुन्छ ।

सहकारीमा गलत प्राक्टिस भइरहेको छ । सहकारीलाई सदस्य केन्द्रित बनाउनु पर्ने हो तर पार्टी केन्द्रित भएको छ । जहाँ राम्रो भन्दा पनि हाम्रो मान्छे विक्छन् । सहकारी पनि ठूलो वनाउने तर्फ सोच्यौं, महत्वपूर्ण बनाउने तर्फ सोचेनौं । सहकारीको आवश्यकता पनि महत्वपूर्ण मान्छेको हो ठूलो मान्छेको हैन् । सिजनल सहकारीकर्मीका कारण सहकारीमा राजनिति हावी भयो ।

अन्त्यमा ?

वर्तमान अवस्थामा सहकारीहरुमा संचालक तथा अन्य समितिहरुले स्वयमं सेवकको रुपमा सेवा गर्ने प्रचलन छ । त्यहाँ श्रमदानको कुरा छ त्यो मर्यादित श्रम पनि हो भन्ने लाछ मलाई । र यसको मूल्य सम्मान मात्र छ अहिले । कर्मचारीको श्रमको योगदानको कदर हुन थालेको छ । अवका दिनमा सहकारीले कर्मचारी तथा संचालक लगाएतका समितिहरुको श्रमदानको मूल्य, अन्य वित्तिय संस्थाको भन्दा बेटर हुन्छ । बजारले पनि सहकारीका कर्मचारी र संचालकलाई सम्मान ब्यक्त गर्ने छन् र हामीहरु पनि गर्वका साथ भन्न सक्ने छौं हामी सहकारीमा काम गर्छौ ।




Leave a comment